साउदीमा १४५ नेपालीको बिचल्ली, भएन उद्दारको पहल | Khabarhub Khabarhub

साउदीमा १४५ नेपालीको बिचल्ली, भएन उद्दारको पहल



दोहा – रोजगारीका लागि साउदी अरब पुगेका १४५ नेपाली युवा बिचल्लीमा परेका छन् । सम्झौता अनुसारको काम र तलब नपाउँदा अलपत्र परेका हुन्।

काठमाडौँको सिनामंगलमा रहेको ब्लु ग्यालेक्सी ओभरसीज प्रालीमार्फत ४० दिनअघि इस्टन कन्टक्सन मेनटीनेन्स कम्पनी पुगेका उनीहरु रियाद एक नम्बर सुलाईमा बिचल्ली परेका छन् ।

ब्लु ग्यालेक्सीका रमेश अमगाइन र श्याम हरि अर्याललाई प्रतिव्यक्ति १ लाख ८० हजारदेखि २ लाखसम्म बुझाएको सोनाहाङ्ग राईले जानकारी दिए ।‘घरबाट सैकडा ३ रुपैयाँको ब्याजमा ऋण काढेर राम्रो कमाई हुने आसमा यहाँ आएका थियौँ, यहाँ आएर न सम्झौता अनुसारको काम नै पाइयो न त दाम नै ’ सोनाहाङ्ग भने, अब कसरी ऋण तिर्ने हो ?’

म्यानपावर कम्पनीले साउदी आर्मी क्याम्पभित्र क्लिनर र गार्डेनको कामका लागि भनेर साउदी पठाएको तर, त्यहाँ पुगेपछि बेल्चा र जचाडू बोकेर सडकमा सरसफाइको काममा लगाएको उनीहरूले गुनासो गरेका छन् ।

‘पटक-पटक जानकारी गराउँदासमेत कुनै वास्ता नगरेको म्यानपावर कम्पनीले पछिल्लो समय त फोन नउठाउने र नम्बर ब्लक लिस्टमा राखिदिएको छ।’, उनले भने।

‘सम्झौता पत्रमा १ हजार लेखिएको भए पनि हामीलाई म्यानपावरले १ हजार ४ सय साउदी रियाल भनेर पठाएको हो, हामीले सम्झौता पत्रमा पनि सिग्नेचर गरेनौँ म्यानपावर आफैँले गरिदिएको हो,’सोनाहाङ्ग थपे।

सुरुको एक महिनाको पारिश्रमिक नै कम्पनीले नदिएपछि सबै जना केहि दिनदेखि कोठामै बसिरहेको उनीहरूले बताएका छन् ।

कि भने अनुसारको काम र तलब पाउनु पर्ने नभए कम्पनी परिवर्तन गरिदिनु पर्ने त्यो पनि नभए स्वदेश फिर्ता गरी लिएको पैसा फिर्ता पाउनु पर्ने माऊ उनीहरूको छ।

रियादस्थित नेपाली दूतावासलाई जानकारी गराए पनि कुनै पहल भएको छैन। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,वैदेशिक रोजगार विभाग, विभिन्न सामाजिक अभियन्ता लगायत सम्बन्धित निकायलाई स्वदेश फर्कने वातावरण मिलाइदिन उनीहरूले आग्रह गरेका छन् ।

उनीहरूलाई पठाउने ब्लु ग्यालेक्सी ओभरसीज प्रालीका रमेश अमगाइन र श्याम हरि अर्याललाई बुझ्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ९ : ०९ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम