साउदीमा १४५ नेपालीको बिचल्ली, भएन उद्दारको पहल « Khabarhub

साउदीमा १४५ नेपालीको बिचल्ली, भएन उद्दारको पहल



दोहा – रोजगारीका लागि साउदी अरब पुगेका १४५ नेपाली युवा बिचल्लीमा परेका छन् । सम्झौता अनुसारको काम र तलब नपाउँदा अलपत्र परेका हुन्।

काठमाडौँको सिनामंगलमा रहेको ब्लु ग्यालेक्सी ओभरसीज प्रालीमार्फत ४० दिनअघि इस्टन कन्टक्सन मेनटीनेन्स कम्पनी पुगेका उनीहरु रियाद एक नम्बर सुलाईमा बिचल्ली परेका छन् ।

ब्लु ग्यालेक्सीका रमेश अमगाइन र श्याम हरि अर्याललाई प्रतिव्यक्ति १ लाख ८० हजारदेखि २ लाखसम्म बुझाएको सोनाहाङ्ग राईले जानकारी दिए ।‘घरबाट सैकडा ३ रुपैयाँको ब्याजमा ऋण काढेर राम्रो कमाई हुने आसमा यहाँ आएका थियौँ, यहाँ आएर न सम्झौता अनुसारको काम नै पाइयो न त दाम नै ’ सोनाहाङ्ग भने, अब कसरी ऋण तिर्ने हो ?’

म्यानपावर कम्पनीले साउदी आर्मी क्याम्पभित्र क्लिनर र गार्डेनको कामका लागि भनेर साउदी पठाएको तर, त्यहाँ पुगेपछि बेल्चा र जचाडू बोकेर सडकमा सरसफाइको काममा लगाएको उनीहरूले गुनासो गरेका छन् ।

‘पटक-पटक जानकारी गराउँदासमेत कुनै वास्ता नगरेको म्यानपावर कम्पनीले पछिल्लो समय त फोन नउठाउने र नम्बर ब्लक लिस्टमा राखिदिएको छ।’, उनले भने।

‘सम्झौता पत्रमा १ हजार लेखिएको भए पनि हामीलाई म्यानपावरले १ हजार ४ सय साउदी रियाल भनेर पठाएको हो, हामीले सम्झौता पत्रमा पनि सिग्नेचर गरेनौँ म्यानपावर आफैँले गरिदिएको हो,’सोनाहाङ्ग थपे।

सुरुको एक महिनाको पारिश्रमिक नै कम्पनीले नदिएपछि सबै जना केहि दिनदेखि कोठामै बसिरहेको उनीहरूले बताएका छन् ।

कि भने अनुसारको काम र तलब पाउनु पर्ने नभए कम्पनी परिवर्तन गरिदिनु पर्ने त्यो पनि नभए स्वदेश फिर्ता गरी लिएको पैसा फिर्ता पाउनु पर्ने माऊ उनीहरूको छ।

रियादस्थित नेपाली दूतावासलाई जानकारी गराए पनि कुनै पहल भएको छैन। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,वैदेशिक रोजगार विभाग, विभिन्न सामाजिक अभियन्ता लगायत सम्बन्धित निकायलाई स्वदेश फर्कने वातावरण मिलाइदिन उनीहरूले आग्रह गरेका छन् ।

उनीहरूलाई पठाउने ब्लु ग्यालेक्सी ओभरसीज प्रालीका रमेश अमगाइन र श्याम हरि अर्याललाई बुझ्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ९ : ०९ बजे

आदिवासी जनजातिको पहिचान र संस्कृति नेपालको गौरव हो : राष्ट्रपति पौडेल

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले विविधतामा एकतालाई आत्मसात्

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

रसुवा– रसुवाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन लाग्ने

रुपन्देहीको मर्चवारीमाईमा पूर्वाधारसँगै सामाजिक विकासमा जोड

रुपन्देही– रुपन्देहीको मर्चवारीमाई गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी तथा सामाजिक

क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ – क्यानडा पठाइदिने भन्दै ३७ लाख रुपैयाँ ठगी गरेको

तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार गर्ने