राप्रपा नेपाल सुनसरीमा चौलागाईं, रुपन्देहीमा शेरचन र धादिङमा तामाङ चयन « Khabarhub

राप्रपा नेपाल सुनसरीमा चौलागाईं, रुपन्देहीमा शेरचन र धादिङमा तामाङ चयन


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राप्रपा नेपालले संगठन विस्तारलाई तीब्रता दिएको छ । राप्रपा नेपाल सुनसरी जिल्ला अध्यक्षमा किरण चौलागाईं, रुपन्देही जिल्ला अध्यक्षमा अधिवक्ता प्रदीप शेरचन र धादिङ अध्यक्षमा नोरमान तामाङ चयन भएका छन् ।

चौलागाईंको अध्यक्षतामा ३७ सदस्यीय राप्रपा नेपाल सुनसरी जिल्ला कार्यसमिति गठन भएको छ भने शेरचनकोको अध्यक्षतामा ३५ सदस्यीय राप्रपा नेपाल रुपन्देही जिल्ला समिती गठन भएको छ ।

लोसपा परित्याग गरी राप्रपा नेपालमा प्रवेश गरेका नोरमान तामाङले राप्रपा नेपाल धादिङको अध्यक्षको जिम्मेवारी पाएका छन् । हालै मात्रै लोसपाको सिङ्गो जिल्ला समिति राप्रपा नेपाल धादिङमा समाहित भएको थियो ।

जनवर्गीय संगठनमा युवक, विद्यार्थी, महिला र युवा मोर्चाको नेतृत्वको जिम्मेवारी क्रमशः कैलाश कटुवाल र कमल बम रजवार, सुनिता कुरुङ्वाङ र नगेन्द्र देउजाले प्राप्त गरेका छन् । केही दिनभित्र धार्मिक र सांस्कृतिक संगठनको केन्द्रीय समिति घोषणा गर्ने तयारी रहेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  १० : १६ बजे

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै