राप्रपा नेपाल सुनसरीमा चौलागाईं, रुपन्देहीमा शेरचन र धादिङमा तामाङ चयन « Khabarhub

राप्रपा नेपाल सुनसरीमा चौलागाईं, रुपन्देहीमा शेरचन र धादिङमा तामाङ चयन


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राप्रपा नेपालले संगठन विस्तारलाई तीब्रता दिएको छ । राप्रपा नेपाल सुनसरी जिल्ला अध्यक्षमा किरण चौलागाईं, रुपन्देही जिल्ला अध्यक्षमा अधिवक्ता प्रदीप शेरचन र धादिङ अध्यक्षमा नोरमान तामाङ चयन भएका छन् ।

चौलागाईंको अध्यक्षतामा ३७ सदस्यीय राप्रपा नेपाल सुनसरी जिल्ला कार्यसमिति गठन भएको छ भने शेरचनकोको अध्यक्षतामा ३५ सदस्यीय राप्रपा नेपाल रुपन्देही जिल्ला समिती गठन भएको छ ।

लोसपा परित्याग गरी राप्रपा नेपालमा प्रवेश गरेका नोरमान तामाङले राप्रपा नेपाल धादिङको अध्यक्षको जिम्मेवारी पाएका छन् । हालै मात्रै लोसपाको सिङ्गो जिल्ला समिति राप्रपा नेपाल धादिङमा समाहित भएको थियो ।

जनवर्गीय संगठनमा युवक, विद्यार्थी, महिला र युवा मोर्चाको नेतृत्वको जिम्मेवारी क्रमशः कैलाश कटुवाल र कमल बम रजवार, सुनिता कुरुङ्वाङ र नगेन्द्र देउजाले प्राप्त गरेका छन् । केही दिनभित्र धार्मिक र सांस्कृतिक संगठनको केन्द्रीय समिति घोषणा गर्ने तयारी रहेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  १० : १६ बजे

भोजपुर कांग्रेसका नेताको प्रश्न– ‘विवाद नसुल्झी कसरी होला चुनाव ?’

काठमाडौ । कांग्रेसका निवर्तमान भोजपुर जिल्ला सभापति नन्दमणि राईले नेपाली

कांग्रेस देउवा पक्षद्वारा निर्वाचन आयोगको निर्णयको विरोध

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचन आयोगले गरेको निर्णयको

च्यासलमा एमाले सचिवालय बैठक (तस्बिरहरू) 

काठमाडौं – नेकपा (एमाले) सचिवालय बैठक हाल पार्टी केन्द्रीय कार्यालय

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा