रुसी धनाढ्यको निजी पानीजहाज इटाली प्रहरीको नियन्त्रणमा « Khabarhub

रुसी धनाढ्यको निजी पानीजहाज इटाली प्रहरीको नियन्त्रणमा


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इटालीको वित्तीय प्रहरीले रुसी धनाढ्यको निजि पानीजहाज नियन्त्रणमा लिएको छ । इटालीको प्रधानमन्त्रीको कार्यालयले जनाएअनुसार रुसी धनाढ्य आन्दे्रई इगोरेभिच मेलिन्चेन्कोको विलासी पानीजहाज नियन्त्रणमा लिएको हो ।

रुसले युक्रेनमा आक्रमण गरेपछि मेलिन्चेन्कोलाई युरोपेली युनियनले प्रतिबन्धको सूचीमा राखेको थियो ।

इटालीको प्रहरीले नियन्त्रणमा लिएको १४३ मिटरको ‘सेइलिङ याट ए’ को मूल्य ५३ करोड युरो बराबर रहेको जनाइएको छ । नोबिस्क्रुग नामक कम्पनीले जर्मनीमा बनाएको यो पानीजहाज विश्वकै सबैभन्दा ठूलोमध्येको एक रहेको इटाली सरकारले जनाएको छ ।

मेलिन्चेन्को रासायनिक मल बनाउने युरोकेम ग्रुप र कोइला कम्पनी सुएकका मालिक रहेको जनाइएको छ । यद्यपि उनले यही साता राजीनामा दिएको रोयटर्सले जनाएको छ ।

यता उनका प्रवक्ताले भने मेलिन्चेन्कोको कुनै राजनीतिक सम्बन्ध नरहेको र युक्रेनमाथि रुसी आक्रमणमा कुनै सरोकार नरहेको जनाएका छन् ।

गएको साता यता इटालीको प्रहरीले रुसी धनाढ्यहरुबाट ७० करोड भन्दा धेरैको सम्पत्ति जफत गरेको त्यहाँका अर्थमन्त्री डानियल फ्राङ्कोले जानकारी दिएका छन् ।
(रोयटर्सबाट)

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ११ : १८ बजे

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवा लिने सेवाग्राहीको चाप उच्च

झापा– झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो

मल्टिस्टारर बन्ने भयो ‘द राइज अफ साम्राज्य’, विजयको पनि प्रवेश

काठमाडौँ- सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्म ‘द राइज अफ साम्राज्य’

रघुगङ्गामा ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण