सौतेनी छोरीलाई बलात्कार गरेको आरोपमा भारतमा एक नेपाली पक्राउ « Khabarhub

सौतेनी छोरीलाई बलात्कार गरेको आरोपमा भारतमा एक नेपाली पक्राउ


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुरुग्राम – भारतको गुरुग्राममा आफ्नी नाबालिग सौतेनी छोरीलाई बलात्कार र ज्यान मार्ने धम्की दिएको आरोपमा ४० वर्षीय नेपाली नागरिक पक्राउ परेका छन्। अभियुक्तलाई शनिबार महानगरीय अदालतमा पेस गरी पुर्पक्षका लागि थुनामा पठाइएको प्रहरीले जनाएको प्रेस ट्रस्ट अफ इण्डियाले उल्लेख गरेको छ ।

पीडितकी आमाले दिएको उजुरीकाआधारमा पहिलो श्रीमानको मृत्यु भएको एक वर्षपछि (पाँच वर्षअघि) आरोपितसँग विवाह भएको थियो । त्यसयता उनी आरोपी र आफ्ना चार छोराछोरीसँग भाडाको घरमा बस्दै आएकी थिइन् ।

उजुरीकर्ताले आफू घरमा कामदारको रूपमा काम गर्ने गरेको र आरोपित (श्रीमान्) बेरोजगार रहेको बताइन् । बिहीबार राति घर पुगेपछि उनकी ११ वर्षीय छोरीले जबरजस्ती करणी र धम्की दिएको जानकारी गराएकी थिइन् । ‘जब मैले मेरो श्रीमानलाई भेटेँ‚उनले मसँग झगडा गरे र घरबाट भागे। त्यसपछि मैले प्रहरीलाई बुझाएँ‚उजुरीकर्ताले भनिन्।

पीडितलाई चेकजाँच गर्ने डाक्टरले जबरजस्ती करणी भएको पुष्टि गरेका थिए । ‘अभियुक्तलाई पक्राउ गरिएको छ र अपराध स्वीकार गरेको छ। उसलाई आज सहरको अदालतमा पेस गरी न्यायिक हिरासतमा पठाइएको छ‚’पालम विहार प्रहरी चौकीका एसएचओ जितेन्द्र कुमारले शनिबार भने।

आरोपीलाई यौन अपराधबाट बालबालिकाको संरक्षण ऐन र भारतीय दण्ड संहिताको धारा ५०६ (आपराधिक धम्की)अन्तर्गत मुद्दा लगाइएको छ‚ कुमारले भने।

-प्रेस ट्रस्ट अफ इण्डियाबाट

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ११ : ४८ बजे

नेपालमा मनसुन आउन एक साता लाग्ने

काठमाडौं – नेपालमा मनसुन भित्रिन अझै एक साता लाग्ने भएको

प्राविधिकतर्फका ५ डीएसपीको सरुवा

काठमाडौं – नेपाल प्रहरीका प्राविधिक समूहअन्तर्गत कार्यरत पाँच जना प्रहरी

त्रिविको उपकुलपतिका लागि १० जनाको नाम सर्टलिस्ट

काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि सर्टलिस्टमा परेका १०

म्यानपावर व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने

काठमाडौँ । विदेशमा कार्यरत नेपाली श्रमिकहरूले रोजगार सम्झौताअनुसार तलब, सेवासुविधा

इरानी मुलका अमेरिकी पत्रकारसहित चार जनाद्वारा सहायताका लागि याचना

वासिङ्टन – तेहरानको कुख्यात कारागारमा १० वर्षको जेल सजाय सुनाइएका