साउदी अरबमा एकैदिन ८१ जनालाई मृत्युदण्ड « Khabarhub

साउदी अरबमा एकैदिन ८१ जनालाई मृत्युदण्ड


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउदी अरबमा एकै दिन ८१ जनालाई मृत्युदण्ड दिइएको छ । यो आधुनिक साउदी इतिहासमै २४ घण्टामा सबैभन्दा धेरै जनालाई मृत्युदण्ड दिइएको घटना भएको अल जजिराले जनाएको छ । साउदी अरबको समाचार संस्था साउदी प्रेस एजेन्सी एसपीएका अनुसार मृत्युदण्ड पाउनेमा ७ जना यमनी नागरिक र एक जना सिरियाली छन् ।

‘यी मानिसहरू अबोध पुरुष, महिला र बालबालिकाको हत्या लगायत विभिन्न किसिमका अपराधमा दोषी पाइएका थिए ।’ एसपीएलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ । ‘यिनीहरूमध्ये केही इस्लामिक स्टेट, अल कायदा र हुथी समूहजस्ता विदेशी आतङ्कवादी समूहमा समेत भर्ती भएका थिए ।’

मृत्युदण्ड पाउनेमध्ये ३७ साउदी नागरिक सुरक्षा अधिकारीको हत्या प्रयास र प्रहरी चौकी र लस्करमाथि आक्रमणमा दोषी पाइएका थिए । सन् २०२१ मा साउदी अरबले ६७ जनालाई मृत्युदण्ड दिएको थियो भने सन् २०२० मा त्यहाँ २७ जनाले मृत्युदण्ड पाएका थिए ।

पछिल्लो समय एकैदिन सन् २०१६ को जनवरी महिनामा ३७ जनालाई मृत्युदण्ड दिइएको थियो ।
(अल जजिराबाट)

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  १२ : २७ बजे

सन्तान नजन्माएको भन्दै शिक्षकले नै श्रीमतीलाई बारम्बार यातना दिएपछि…

काठमाडौं- बिहे गरेको पाँच वर्षसम्म पनि सन्तान नभएको भन्दै परिवारले

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति

देशका अधिकांश क्षेत्रमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा

बालेन सरकारले दलीय ट्रेड युनियन खारेज गरे कसो गर्लान् शिक्षक-कर्मचारी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वाचापत्रअनुसार केही दिनमा बन्ने बालेन्द्र

साताको कार्टुन : भ्रष्टलाई हान्ने र भनेको मान्नेलाई छान्ने

काठमाडौं- फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भारी बहुमत ल्याएको