रुसी कब्जामा रहेको युक्रेनी शहरमा नयाँ मेयर नियुक्त « Khabarhub

रुसी कब्जामा रहेको युक्रेनी शहरमा नयाँ मेयर नियुक्त


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी कब्जामा रहेको युक्रेनी शहरमा नयाँ मेयर नियुक्त गरिएको छ । दक्षिणपूर्वी शहर मेलिटोपोलमा नयाँ मेयर नियुक्त गरिएको हो । ‘जापोरोजे क्षेत्रीय प्रशासन’ ले उनलाई नयाँ मेयर नियुक्त गरेको अमेरिकी टेलिभिजन सीएन्एनले जनाएको छ ।

यसअघि शुक्रबारमात्रै शहरका मेयर इभान फेदोरोभलाई सशस्त्र मानिसहरूको समूहले नियन्त्रणमा लिएका थिए । मेयर फेदोरोभमाथि आतङ्कवादी गतिविधि गरेको अभियोग लगाइएको थियो ।

नयाँ नियुक्त गरिएकी मेयर गलिना डानिलचेन्को नगर परिषद्की पूर्व सदस्य समेत रहेको जनाइएको छ । स्थानीय टेलिभिजनले अनिर्वाचित डानिलचेन्कोलाई ‘कार्यवाहक मेयर’ भन्दै सम्बोधन गरेको सीएनएनले जनाएको छ ।

स्थानीय टेलिभिजनमार्फत सम्बोधन गर्दै उनले शहरलाई जतिसक्दो चाँडो सामान्य अवस्थामा फर्काउनु आफ्नो प्राथमिक उद्देश्य रहेको जनाएकी छिन् ।

उनले शहरमा अस्थिरता मच्चाउन चाहने अझै केही मानिसहरू रहेको भन्दै उक्त शहर र क्षेत्रमा व्याप्त गम्भीर समस्याको समाधान गर्न ‘जनताको छनौट समित’ समेत गठन गर्ने प्रस्ताव अघि सारेकी छिन् ।

(सीएनएनबाट)

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  २ : २२ बजे

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन

कास्कीमा कांग्रेस महाधिवेशनको रौनक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर–३

किसान सूचीकरणमा तीन लाख किसान थपिए

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय