रुसी कब्जामा रहेको युक्रेनी शहरमा नयाँ मेयर नियुक्त « Khabarhub

रुसी कब्जामा रहेको युक्रेनी शहरमा नयाँ मेयर नियुक्त


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी कब्जामा रहेको युक्रेनी शहरमा नयाँ मेयर नियुक्त गरिएको छ । दक्षिणपूर्वी शहर मेलिटोपोलमा नयाँ मेयर नियुक्त गरिएको हो । ‘जापोरोजे क्षेत्रीय प्रशासन’ ले उनलाई नयाँ मेयर नियुक्त गरेको अमेरिकी टेलिभिजन सीएन्एनले जनाएको छ ।

यसअघि शुक्रबारमात्रै शहरका मेयर इभान फेदोरोभलाई सशस्त्र मानिसहरूको समूहले नियन्त्रणमा लिएका थिए । मेयर फेदोरोभमाथि आतङ्कवादी गतिविधि गरेको अभियोग लगाइएको थियो ।

नयाँ नियुक्त गरिएकी मेयर गलिना डानिलचेन्को नगर परिषद्की पूर्व सदस्य समेत रहेको जनाइएको छ । स्थानीय टेलिभिजनले अनिर्वाचित डानिलचेन्कोलाई ‘कार्यवाहक मेयर’ भन्दै सम्बोधन गरेको सीएनएनले जनाएको छ ।

स्थानीय टेलिभिजनमार्फत सम्बोधन गर्दै उनले शहरलाई जतिसक्दो चाँडो सामान्य अवस्थामा फर्काउनु आफ्नो प्राथमिक उद्देश्य रहेको जनाएकी छिन् ।

उनले शहरमा अस्थिरता मच्चाउन चाहने अझै केही मानिसहरू रहेको भन्दै उक्त शहर र क्षेत्रमा व्याप्त गम्भीर समस्याको समाधान गर्न ‘जनताको छनौट समित’ समेत गठन गर्ने प्रस्ताव अघि सारेकी छिन् ।

(सीएनएनबाट)

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  २ : २२ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस