माधव नेपालसहित १४ सांसदविरुद्धको रिटलाई अन्तिम सुनुवाइ गर्न सर्वोच्चको आदेश « Khabarhub

माधव नेपालसहित १४ सांसदविरुद्धको रिटलाई अन्तिम सुनुवाइ गर्न सर्वोच्चको आदेश


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले एमालेले कारबाही गरेको माधव नेपालसहित  १४ सांसदहरूमाथि अन्तिम सुनुवाइका लागि पेश गर्न आदेश दिएको छ। न्यायाधीशद्वय ईश्वर प्रसाद खतिवडा र कुमार चुँडालको संयुक्त इजलासले माधव नेपालसहित  १४ सांसदहरू माथिको मुद्दामा अन्तिम सुनुवाइका आदेश दिएको हो।

नेकपा एमालेले निष्कासन गरेका प्रतिनिधिसभाका सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा सर्वोच्चले पूर्ण सुनुवाइका लागि पेश गर्न आदेश दिएको हो।

नेकपा एमालेले निष्कासन गरेका १४ जना सांसदलाई सभामुखले पदमुक्त नगरी गैरकानूनी काम गरेको भन्दै एमाले अदालत गएको थियो। नेकपा एमालेले माधव नेपालसहित १४ सांसदलाई निष्कासन गर्न गत भदौ १ गते संसद् सचिवालय र निर्वाचन आयोगमा पत्र पठाएको थियो। एमालेले आफ्ना दलका पुर्वसांसदहरू माधव नेपाल, रामकुमारी झाँक्री, विरोध खतिवडा, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, भवानी खापुङ, कृष्णलाल महर्जन, निरा जैरु, सरला यादव, पुष्पा कर्ण कायस्थ, लक्ष्मीकुमारी चौधरी, कलिला खातुन, कल्याणी खड्कालाई सांसद पदबाट हटाउन भन्दै एमालेले संसद् अवरोध कायमै राखेको छ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  २ : ४६ बजे

निगमले भन्यो- ग्यासको अभाव छैन, मागअनुसार आपूर्ति भइरहेको छ

काठमाडौं- खाना पकाउने एलपी ग्यासको बिक्री–वितरणलाई व्यवस्थित बनाउन नेपाल आयल निगमले

रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु

एजेन्सी– रुसले शनिबार बिहान युक्रेनको राजधानी किएभलाई लक्षित गरी ब्यालिस्टिक

पच्चिस करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै

काठमाडौं– उद्योग विभागले स्थिर पुँजी २५ करोडभन्दा कम पुँजी भएका

धनुषामा कर्फ्यु हटाइयो, संवेदनशील क्षेत्रमा निषेधाज्ञा

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यु आदेश हटाउँदै आज बिहान

हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु

कर्णाली– हुलाक निर्देशनालय सुर्खेतले आजदेखि नागरिकको घरदैलोमा सवारी चालक अनुमतिपत्र