भारतले दार्चुलाको बंगाबगरमा डोजर चलाउँदा नेपाल सरकार मौन बस्यो : भीम रावल « Khabarhub

भारतले दार्चुलाको बंगाबगरमा डोजर चलाउँदा नेपाल सरकार मौन बस्यो : भीम रावल


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमाले सांसद भीम रावलले नेपाली भूमिमा भारतले एकतर्फी डोजर चलाउँदा नेपाल सरकार मौन बसेको भन्दै आपत्ति जनाएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभामा बोल्दै उनले भारतले एकतर्फी रूपमा दार्चुलाको बंगाबगरमा डोजर चलाएर नेपाली भूमि अतिक्रमण गरेको भन्दै आपत्ति जनाए । यसप्रति नेपाल सरकार मौन बसेकोमा आक्रोशित बनेका उनले यसबारे सरकारले जवाफ दिनुपर्ने माग गरे । 

साथै एमसीसी सम्झौता अनुमोदन भइसकेपछिको अवस्थाबारे पनि सदनलाई जानकारी दिन सांसद रालवले माग गरेका छन् ।  

यस्तै सांसद प्रेम सुवालले भने लिपुलेकसहितका क्षेत्रमा भारतले सीमा अतिक्रमण गरेको भन्दै आपत्ति जनाएका छन् । 

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ३ : ०७ बजे

भोजपुर कांग्रेसका नेताको प्रश्न– ‘विवाद नसुल्झी कसरी होला चुनाव ?’

काठमाडौ । कांग्रेसका निवर्तमान भोजपुर जिल्ला सभापति नन्दमणि राईले नेपाली

कांग्रेस देउवा पक्षद्वारा निर्वाचन आयोगको निर्णयको विरोध

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचन आयोगले गरेको निर्णयको

च्यासलमा एमाले सचिवालय बैठक (तस्बिरहरू) 

काठमाडौं – नेकपा (एमाले) सचिवालय बैठक हाल पार्टी केन्द्रीय कार्यालय

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा