फ्रान्समा सोमबारदेखि कोरोनाविरुद्ध चौथो डोज खोप लगाइने « Khabarhub

फ्रान्समा सोमबारदेखि कोरोनाविरुद्ध चौथो डोज खोप लगाइने


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फ्रान्समा कोरोना भाइरस विरुद्धको चौथो खोप लगाइने भएको छ । सरकारी अधिकारीहरूले सोमबारदेखि ज्येष्ठ नागरिकलाई खोप लगाउने तालिका बनाइएको जानकारी दिएका हुन् ।

पहिलो चरणमा ८० वर्षभन्दा बढी उमेरका नागरिकलाई खोप लगाउने व्यवस्था गरिएको सरकारी अधिकारीहरूको भनाइ छ ।

खोपको चौथो मात्रा लगाउनका लागि तेस्रो खोप अर्थात बुस्टर डोज खोप भने लगाइसकेको हुनु पर्ने सर्त राखिएको छ । शनिबार प्रकाशित एउटा अन्तर्वार्तामा प्रधानमन्त्री जेन कास्टेक्सले वृद्धवृद्धाहरूबाट चौथो खोप लगाउने अभियान सुरु हुने जानकारी दिएका छन् ।

प्राथमिकता र आवश्यकताका आधारमा खोप लगाउने वर्ग तथा क्षेत्र विस्तार गरिदै लगिने उहाँको भनाई थियो । फ्रान्समा ८० वर्षभन्दा बढी उमेरका मानिसहरूको सङ्ख्या ४१ लाख रहेको अधिकारीहरूले जानकारी दिएका छन् । ती मध्ये ४१ लाखले मात्रै बुस्टर डोज खोप लगाएको देखिएको छ ।

फ्रान्समा अहिले पनि दैनिक ७० हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अधिकारीहरूले दिएको जानकारीअनुसार शनिबार थप ७२ हजार ४४३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

(राससबाट)

 

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ४ : ४७ बजे

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन

कास्कीमा कांग्रेस महाधिवेशनको रौनक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर–३

किसान सूचीकरणमा तीन लाख किसान थपिए

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय