‘राष्ट्रिय ललितकला प्रदर्शन २०७९’वैशाख २ गते सुरु हुने « Khabarhub

‘राष्ट्रिय ललितकला प्रदर्शन २०७९’वैशाख २ गते सुरु हुने


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०७९’आगामी वैशाख २ गते सुरु हुने भएको छ ।

प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको प्रतिष्ठानले मंगलबार पत्रकारसम्मेलन गरी जानकारी दिएको छ । प्रदर्शनीको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ ।

प्रदर्शनीका लागि ३६५ कलाकारका ४२६ कलाकृति दर्ता भएकामा ३४१ कलाकारका ३८९ कलाकृति प्रदर्शनीका लागि छनोट भएका प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले जानकारी दिए। प्रदर्शनी भने एक महिनासम्म चल्ने छ ।

प्रतिष्ठानले यसपटक अरनिको राष्ट्रिय ललितकला प्रज्ञा–सम्मानबाट कलाकार काठमाडौँका कृष्ण मानन्धर र भक्तपुरका सूर्यबहादुर चित्रकारलाई सम्मानित गरिने भएको छ । उक्त सम्मानको राशि रु एक-क लाखको रहेको छ ।

ललितकला लेखन पुरस्कार पत्रकार देवेन्द्र थुम्केलीलाई र ललितकला पत्रकारिता पुरस्कार सुशीला तामाङलाई प्रदान गरिने भएको छ । दुवै पुरस्कारको राशि रु २५ हजार रहेको छ ।

राष्ट्रिय ललितकला प्रदर्शनी–२०७९ मा राखिएका कलाकृतिमध्ये विभिन्न विधाबाट राष्ट्रिय ललितकला पुरस्कार, ललितकला विशेष पुरस्कार एवं प्रादेशिक पुरस्कार ३१ कलाकारलाई प्रदान गरिने जनाइएको छ । ती पुरस्कारको राशि क्रमशः रु ६० हजार र रु २५-२५ हजारको रहेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ६ : ५२ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र