आईपीएलमा चेन्नईको पहिलो जित दर्ता « Khabarhub

आईपीएलमा चेन्नईको पहिलो जित दर्ता


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्सले पहिलो जित दर्ता गरेको छ ।

मंगलबार डिवाई पटिलमा भएको खेलमा चेन्नईले रोयल च्यालेन्जर्स बैंग्लोरलाई २३ रनले पराजित गर्दै पाँचौं खेलमा पहिलो जित निकालेको हो। बैंगलोरको यो दोस्रो हार हो ।

चेन्नईले दिएको २ सय १७ रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ९३ रन मात्र बनाउन सक्यो ।

बैंगलोरका लागि शाहबज अहमेदले ४१ रन जोडे। यसैगरी सुयश प्रभुदेशाईले ३४, दिनेश कार्तिकले ३४, ग्लेन म्याक्सवेलले २६ तथा अनुज रावतले १३ रन बनाए ।

यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर २ सय १६ रन जोडेको थियो ।

चेन्नईका लागि शिबम दुबेले अविजित रहदै ९५ रनको अर्धशतकीय इनिङ खेले ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ७ : ३२ बजे

आईएफआरसीद्वारा बाढी प्रभावितलाई तत्काल १९ करोड सहयोग घोषणा

काठमाडौँ– रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी)ले तिब्बतबाट आएको

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र हैदराबाद खेल्दै

काठमाडौँ– अष्ट्रेलियमा भइरहेको टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’

रसुवा बाढी: २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

काठमाडौँ – रसुवामा आएको विनाशकारी बाढीका कारण इलाका प्रहरी कार्यालय

बाढीको कारण : हिउँ–चट्टानको हिमपहिरो

काठमाडौँ– रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठूलो जनधनको

त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

चितवन– चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा