बागमती प्रदेशद्वारा चार अध्यादेश जारी   « Khabarhub

बागमती प्रदेशद्वारा चार अध्यादेश जारी  


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा – बागमती प्रदेश सरकारले थप चार अध्यादेश जारी गरेको छ ।

प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (पहिलो संशोधन) अध्यादेश,  स्थानीयतहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी (पहिलो संशोधन) अध्यादेश जारी गरेको छ ।

जारी अध्यादेशलाई प्रदेश सभाको आगामी बैठक सुरु भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक पेस गरी प्रदेश सभा बैठकबाट पारित गर्नुपर्नेछ । चारै अध्यादेश २४ चैतमै प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रमाणीकरण गरेका थिए ।

प्रदेश प्रमुखको कार्यालयकारअनुसार २२ चैतमा बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेका अध्यादेश प्रदेश प्रमुख शर्माले २४ चैतमा प्रमाणीकरण गरेका हुन् ।

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले स्थापना गरेको प्रदेशकै गौरवको योजनाको रुपमा लिइएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको हेटौंडा अस्पताललाई अलग गर्ने गरी अध्यादेश जारी भएको छ । अहिले उक्त विधेयकको विभिन्न राजनीतिक दल तथा संघ-संस्थाले विरोध गरिरहेका छन् ।

चिकित्सा शिक्षा अध्यापन गराउने गरी हेटौंडा अस्पतालमा अहिले संरचना निर्माणको काम भइरहेको छ । प्रदेश सरकारले प्रतिष्ठानको आफ्नो अलग्गै अस्पताल बनाउने भन्दै हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट अलग गर्ने गरी कानुन ल्याएको हो ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ७ : ५२ बजे

आईएफआरसीद्वारा बाढी प्रभावितलाई तत्काल १९ करोड सहयोग घोषणा

काठमाडौँ– रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी)ले तिब्बतबाट आएको

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र हैदराबाद खेल्दै

काठमाडौँ– अष्ट्रेलियमा भइरहेको टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’

रसुवा बाढी: २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

काठमाडौँ – रसुवामा आएको विनाशकारी बाढीका कारण इलाका प्रहरी कार्यालय

बाढीको कारण : हिउँ–चट्टानको हिमपहिरो

काठमाडौँ– रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठूलो जनधनको

त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

चितवन– चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा