इजरायलबाट पनि विद्युतीय राहदानीको सेवा सुरु « Khabarhub

इजरायलबाट पनि विद्युतीय राहदानीको सेवा सुरु


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – इजरायलबाट विद्युतीय राहदानीको सेवा सुरु गरिएको छ । इजरायलस्थित नेपाली दूतावासले पनि विद्युतीय राहदानी जारी गर्ने कार्य सफलतापूर्वक परीक्षण गरिएको जनाएको छ ।

दूतावासले एक सूचना जारी गर्दै विद्युतीय राहदानीको लाइभ इनोल्मेन्ट सुरु गरिएको जनाएको छ । यन्त्रवाचक राहदानीको अवधि सकिएर नवीकरणका लागि पुगेका २ जना सेवाग्राहीले नवीकरणका लागि दिएको आवेदन पहिलो दिन सफलतापूर्वक इनोल्मेन्ट गरिएको छ।

पुरानो यन्त्रवाचक राहदानीको म्याद बाँकी रहेकाहरुले (सामान्यतया ६ महिना) म्याद रहेसम्म (विद्युतीय राहदानी लिन जरुरी हुँदैन/मिल्दैन) पुरानोले नै काम गर्ने दूतावासले जनाएको छ ।

दूतावासका अनुसार राजश्वमा कुनै फेरबदल भएको छैन। तर, थप पाना (६६ पाना) भएको राहदानी लिन चाहेमा दोब्बर शुल्क तिरेर लिन सकिनेछ । फोटो दूतावासमै खिचिने भएकाले छुट्टै फोटो जरुरी छैन। ५ वर्षभन्दा मुनिका बालबालिकाको हकमा २ प्रति पासपोर्ट साइजको फोटो पेस गर्नुपर्नेछ।

राहदानी बनाउनका लागि आवश्यक कागजातहरूमा कुनै फेरबदल गरिएको छैन। दूतावासले उपलब्ध गराएको लिङ्कमा क्लिक गरी अनलाइन फाराम भरेर जानु पर्नेछ । कार्यालय हरेक दिनमा नेपाली समय ४:३० पछाडि फाराम भर्न सकिने र फाराम भर्दा केही समस्या परेमा दूतावासमा सम्पर्क गर्न सकिनेछ ।

हाललाई साईप्रसबाट यसअघि झै यन्त्रवाचक राहदानीको आवेदन फाराम भर्न सकिनेछ। केही महिनापश्चात् त्यहाँबाट पनि विद्युतीय राहदानीको सेवा सुरुवात गरिने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ८ : ३२ बजे

पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज, समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गोरखा – सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्‍याउन

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको

पाल्पामा विपद्जन्य घटनाबाट १०२ जनाको मृत्यु, ३७ करोडभन्दा बढीको क्षति

पाल्पा– पाल्पामा पछिल्लो १० वर्षमा विपद्जन्य घटनामा परी १०२ जनाको मृत्यु