लिखत रजिष्ट्रेशन प्रारम्भ भएको शतवार्षिकी विशेष कार्यक्रम गरी मनाइँदै « Khabarhub

लिखत रजिष्ट्रेशन प्रारम्भ भएको शतवार्षिकी विशेष कार्यक्रम गरी मनाइँदै


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लिखत रजिष्ट्रेशन प्रारम्भ भएको शतवार्षिकी आजदेखि तीन दिनसम्म विशेष कार्यक्रम गरी मनाउँदै छ ।

वि.सं. १९७९ साल वैशाख १ गतेबाट सुरु भएको लिखत रजिष्ट्रेशन पारित भएको औपचारिक रूपमा एक सय वर्ष पूरा भएको अवसरमा भोलि भने विशेष कार्यक्रम हुने भएको छ ।

बुधबारदेखि शुक्रबारसम्म मन्त्रालय, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागअन्तर्गत सबै भूमिसुधार/मालपोत कार्यालयहरू र नापी कार्यालयहरूमा विविध कार्यक्रम गरिँदै छ ।

कार्यक्रमबारे जानकारी दिन आज मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा मन्त्री शशी श्रेष्ठले संविधानमा व्यवस्था भएअनुसार भूमिहीन दलितहरूलाई लालपुर्जा वितरण कार्य विशेष प्राथमिकतामा राखेर सिन्धुलीको दुधौलीमा रहेका मुुसहरबस्तीबाट लालपुर्जा वितरणको काम सुरु गरिएको जानकारी दिइन् ।

मन्त्री श्रेष्ठले नयाँ वर्षका दिन मनाउन लागिएको शतवार्षिकी तथा नयाँ वर्षले भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गरी संविधानमा व्यवस्था भएअनुसार नागरिकको हक प्राप्तिको अभियान सफल हुने विश्वाससमेत व्यक्त गरिन् ।

शतवार्षिकीको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा बिहीबार राष्ट्रिय सभागृहमा विशेष समारोहको आयोजना गरिने भएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ४ : २५ बजे

नागरिक एक भए जुनसुकै चुनौती सामना गर्न सकिन्छ: गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले मुलुकमा आइपरेको विपत्‌को सामना गर्ने

लेदो पन्छाउन ढिलाइ हुँदा पृथ्वी राजमार्ग अझै अवरुद्ध

काठमाडौं– मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत पृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध रहेको छ।

भोटेकोशी बाढी :  बाँकेका २७ जना सम्पर्कविहीन

राँझा– कामको सिलसिलामा रसुवा, नुवाकोट आसपासमा रहेका बाँकेका २७ जना

विपत्‌मा नक्कली ‘क्यूआर कोड’ को जोखिम, आधिकारिक खाता जाँच्न आग्रह

काठमाडौँ – मुलुकमा आइपरेको प्राकृतिक विपत्‌को घडीमा सङ्कलन भइरहेको राहत

भोटेकोशी बाढी : मधेसका ५८ जना सम्पर्कविहीन, विवरण संकलन गर्दै प्रहरी

जनकपुरधाम– प्रदेश प्रहरीले भोटेकोशी  बाढीपछि सम्पर्कविहीन भएकाहरूको विवरण संकलन थालेको