फिफा भ्रष्टाचार प्रकरण– ब्लाटर र प्लाटिनीको मुद्दाको सुनुवाइ हुने मिति तय « Khabarhub

फिफा भ्रष्टाचार प्रकरण– ब्लाटर र प्लाटिनीको मुद्दाको सुनुवाइ हुने मिति तय


३० चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भ्रष्टाचारको अभियोग लागेका विश्व फुटबल महासंघ फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र युरोपेली फुटबल महासंघ युएफाका पूर्व अध्यक्ष मिशेल प्लाटिनीको मुद्दाको सुनुवाइ जुन महिनामा हुने भएको छ ।

स्विट्जरल्याण्डको अदालतमा उनीहरुको सुनुवाइ जुन ८ मा शुरु भएर जुन २२ सम्म चल्ने खेलकुद पोर्टल इएसपीएनले जनाएको छ ।

दुबैजनाविरुद्ध भ्रष्टाचारको मुद्दा चलिरहेको छ । फिफाको अध्यक्ष रहँदा ब्लाटरले प्लाटिनीलाई २० लाख डलर घुस दिएको बताइएको छ । यद्यपि दुवैले यस आरोपको खण्डन गर्दै आएका छन् ।

अभियोजकहरुका अनुसार ब्लाटरले सन् २०११ मा सल्लाहकार कम्पनीका लागि भन्दै २० लाख डलर अनियमित रुपमा प्लाटिनीलाई दिएका थिए । दुबैले ढिला भई आएको तलबको मात्र भुक्तानी भएको बताउने गरेका छन् ।

यो भ्रष्टाचार प्रकरण फिफाको इतिहासमै सबैभन्दा ठूलो रहेको इएसपीएनले जनाएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  ५ : १६ बजे

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको

गगन थापाको नेतृत्व र एकताको महाधिवेशनले कांग्रेसलाई बलियो बनाउँछ : जीवनबहादुर शाही

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। विशेष महाधिवेशनबाट निर्वाचित

कांग्रेस महाधिवेशन : दाबी विरोधको समय दिउँसो २ बजेसम्म थपियो

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारको दाबी विरोध गर्ने समय थप गरिएको

लेतेदेखि कोरलासम्म रोकिएका कन्टेनर

मुस्ताङ– मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा