स्थानीय तह निर्वाचन : २१ हजार ९५५ मतदान केन्द्रबाट मतदान गरिँदै  « Khabarhub

स्थानीय तह निर्वाचन : २१ हजार ९५५ मतदान केन्द्रबाट मतदान गरिँदै 


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज स्थानीय तहको निर्वाचन हुँदैछ । बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ।

कूल १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेको आयोगले जनाएको छ । निर्वाचन आयोगमा सूचीकृत मतदाताले मतदाता परिचय पत्र नभए अन्य सरकारी कागजातले मतदान गर्न सकिने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

निर्वाचनमा पुरुष मतदाता ८९ लाख ९२ हजार १० जना र महिला मतदाता ८७ लाख ४१ हजार ५३० जना रहेका छन् ।

६ महानगरपालिका ११ उपमहानगरपालिका २७६ नगरपालिका र ४६० गरी ७५३ स्थानीय तहमा निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार ३५ हजार २२१ जना निर्वाचित हुने छन् ।

आयोगका अनुसार देशभर १० हजार ७५६ मतदानस्थल रहका छन् भने २१ हजार ९५५ मतदान केन्द्र रहेको आयोगले जनाएको छ ।

निर्वाचनमा १ लाख ९ हजार ८८ हजार कर्मचारी तथा निर्वाचनमा ६५ हजार ८६५ स्वयंसेवक खटिने छन् भने ५ हजार पर्यवेक्षक हुने आयोगले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ६ : २१ बजे

कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै

१३ मिनेटमा ३ गोल गर्दै इजिप्टविरुद्ध अर्जेन्टिनाको पुनरागमन जित

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना अन्तिम ८ मा

आज २०८३ साल असार २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २४ गते बुधबार सन् २०२६

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले