म्याग्दीका सबै पालिकामा मतगणनास्थल तयार « Khabarhub

म्याग्दीका सबै पालिकामा मतगणनास्थल तयार


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – जिल्लाका सबै पालिकामा स्थानीय तह निर्वाचनको मतगणनास्थल तयार भएका छन् ।

चुनावको मतगणनाका लागि जिल्लाका छवटै स्थानीय तहमा तारजालीले बारेर सिसीटिभी जोडेर ठाउँ बनाइएको हो । जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले मतपेटिका भण्डारण र मतगणना गर्ने स्थल तयार पारिएको जानकारी दिए । सबै मतगणनास्थलको निगरानी र दृष्य भण्डारणका लागि सिसीटिभी क्यामेरा जडान गरिएको छ ।

बेनी नगरपालिकाको मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला समन्वय समितिको सभाहलमा हुने भएको छ । सभाहलको माथिल्लो भागमा रहेको मञ्चमा मतगणना गर्ने र दर्शक दीर्घामा दल तथा उम्मेदवार बस्ने ठाउँ बनाइएको छ ।

धौलागिरि गाउँपालिकाको मुनास्थित कार्यालयको भवनको चेनगेटभन्दा बाहिर दलका प्रतिनिधि र उम्मेदवार बस्ने तथा भित्रको खाली ठाउँमा मत गणना गर्ने ठाउँ बनाइएको सहायक निर्वाचन अधिकृत पूर्णबहादुर खत्रीले जानकारी दिए।

दरवाङमा मालिका गाउँपालिकाको अध्यक्षको कार्यकक्षमा तारजालीले बारेर मतगणना गर्ने ठाउँ बनाएको सहायक निर्वाचन अधिकृत हेमराज काफ्लेले बताए । निर्वाचन अधिकृतको कार्यालय राखिएको कोठाको आधा भागमा मत गन्ने र आधा भागमा उम्मेदवार तथा दलका प्रतिनिधि बस्ने बनाएको छ ।

मङ्गला गाउँपालिकाको मतगणना बाबियाचौरको मङ्गला माविको भवनमा हुने भएको छ । मतगणनास्थलमा सिसीटिभी जडान र तारजाली लगाइसकेको निर्वाचत अधिकृत धर्मराज पौडेलले बताए।

रघुगङ्गा गाउँपालिकाको मौवाफाँटस्थित कार्यालयको सभाहलमा मतगणनास्थल बनाउन तारजालीले बारेर सिसीटिभी जडान गरिएको छ । अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर आधारभूत विद्यालयको भवनमा मतगणना गरिने निर्वाचन अधिकृत जानुका सुवेदीले बताए। उनका अनुसार मतगणनास्थलमा सिसीटिभी क्यामेरा जडान र तारजाली लगाइएको छ ।

मतगणनाको समयमा हुनसक्ने सम्भावित घटनालाई पूर्वअनुमान विगतको चुनावको अनुभवबाट पाठ सिके यसपालि निर्वाचन आयोगले सिसीटिभी जडान गर्ने र तारजाली लगाउने नीति लिएको हो । छ स्थानीय तह र ४५ वडा रहेको जिल्लामा निर्वाचित हुने २३७ पदका लागि ७१८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । ४१ हजार ४१४ पुरुष, ४३ हजार ९६० महिला र एक तेस्रो लिङ्गी गरी कूल ८५ हजार ३७५ मतदाता छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ६ : ५५ बजे

साम्प्रदायिक सद्भाव बिथोलेको आरोपमा मधेशका ५ जिल्लाबाट ३६ जना पक्राउ

काठमाडौं- नेपाल प्रहरीले साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधिमा

सुनसरी घटनाका मृतकको शव परिवारले बुझ्यो, आजै अन्त्येष्टि गर्ने तयारी (तस्बिरहरू)

विराटनगर– सुनसरीमा साउन १० मा भएको दोहोरो झडपमा परेर मृत्यु

वीरगन्जमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न चार बुँदे निर्णय

वीरगन्ज– विभिन्न राजनीतिक दल सम्मिलित यहाँ भएको भएको सर्वदलीय बैठकले

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना