कांग्रेस र एमालेका कार्यकर्ताको झडपपछि रोकियो मतदान  « Khabarhub

कांग्रेस र एमालेका कार्यकर्ताको झडपपछि रोकियो मतदान 


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा – दोलखाको बैत्यश्वर गाउँपालिकाको मतदान केन्द्रमा मतदान रोकिएको छ । नेपाली कांग्रेस र नेकपा एमाले कार्यकर्ताबीच झडप भएपछि मतदान रोकिएको हो ।

बैत्यश्वर गाउँपालिकाको वडा नम्बर १ र २ का मतदानस्थलमा सुरु भएलगत्तै दुई पक्षबीच ढुंगा हानाहान भएको हो ।

वडा नम्बर ३ मा रहेको कालीढुंगा मावि मतदान केन्द्रमा झडप भएको हो । झडपमा परी एक जना घाइते भएका छन् । झडपलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ । झडपपछि तनावग्रस्त बनेको मतदान केन्द्रलाई नेपाली सेनाले आफ्नो नियन्त्रणमा लिएको छ ।

झडपपछि नेपाली सेनाले मतदान केन्द्रलाई आफ्नो नियन्त्रणमा लिएको हो । ढुंगा प्रहार गर्दै बुथ नै कब्जा गर्ने प्रयास भएपछि झडप भएको दोलखा प्रहरी प्रमुख डिएसपी गंगा पौडेलले जानकारी दिए ।

मतदाता आउने बाटो नै अवरोध गरेर कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको थियो । सुरक्षाकर्मीले अवरोध हटाउन खोजेपछि मतदानस्थल तनावग्रस्त बनेको हो ।

पुनः मतदान गराउने विषयमा अहिले सर्वदलीय बैठक बसिरहेको छ । सर्वदलीय बैठकपछि पुनः मतदान सुचारु गरिने डिएसपी पौडेलले बताए ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  १० : ०२ बजे

अटो रिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक

ग्लोबल साउथको आर्थिक पहुँचमा केन्द्रित ब्रिक्स सम्मेलन सम्पन्न, तनावबीच सहकार्यको खोजी

काठमाडौं– नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलन सम्पन्न भएको छ ।

जिप दुर्घटना अपडेड : मृतकको पहिचान खुल्यो

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा  जिप दुर्घटना हुँदा मृत्यु

स्रोत नखुलेको नगदसहित पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५