मतदान गरेर फर्कने क्रममा एकको मृत्यु | Khabarhub Khabarhub

मतदान गरेर फर्कने क्रममा एकको मृत्यु


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीमा मतदान गरेर फर्कने क्रममा एक वृद्धको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका ३ स्थित सनातन धर्म मावि श्रीकोट मतदान केन्द्रमा भोट हालेर फर्कने क्रममा दोगडाकेदारकफल्टाका ८४ वर्षीय हरिसिंह भाटको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भोट हालेर फर्कने क्रममा एक्कासि मतदान केन्द्रमै ढलेका भाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

 मतदान केन्द्रमै ढलेका भाटलाई तत्कालै श्रीकोट स्वास्थ्यचौकी पुर्‍याएको भए पनि उनको बाटोमै मृत्यु भएको जोशीले बताए ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ११ : ४० बजे

विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहनेछ : मन्त्री पन्त

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षाको

नागढुङ्गा दुर्घटनाका घाइतेको एपीएफ अस्पतालमा उपचार

काठमाडौं–  काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गा नजिकै घुमाउने पसल अगाडि दुर्घटना

सम्पादकहरूको विज्ञप्ति : प्रहरी परिचालन गरेर पत्रकार पक्राउ गर्न खोज्नु खेदजनक

काठमाडौँ – नेपालको प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूले प्रहरी परिचालन गरेर पत्रकार

संसद् सचिवालयको सचिवमा दुराको बढुवा

काठमाडौं– सङ्घीय संसद् सचिवालयको रिक्त सचिवालय सचिवमा सुरजकुमार दुराको बढुवा

ग्वार्को फ्लाइ ओभरको मुख्य संरचना निर्माण सम्पन्न

काठमाडौं– ललितपुरको ग्वार्कोस्थित फ्लाइ ओभरको मुख्य संरचना निर्माण सम्पन्न भएको