मतदान केन्द्रको स्थलगत निरीक्षणमा जिल्लाका उच्च स्तरीय टोली | Khabarhub Khabarhub

 मतदान केन्द्रको स्थलगत निरीक्षणमा जिल्लाका उच्च स्तरीय टोली


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवाका मतदानस्थल तथा मतदान केन्द्रको जिल्लाका उच्चस्तरीय टोलीले स्थलगत अवलोकन गरेको छ । 

आज भइरहेको स्थानीय तहको निर्वाचनमा जिल्लामा तोकिएका मतदानस्थल तथा मतदान केन्द्रको जिल्लाका उच्चस्तरीय टोलीले स्थलगत अवलोकन गरेको हो । 

मतदानस्थल तथा मतदान केन्द्रको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपाल, प्रमुख जिल्ला अधिकारी नवराज जैसी, निरीक्षणमा खटिएका रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद मैनाली, सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापा लगायतको टोलीले स्थलगत निरीक्षण गरेका छन् । 

बिहानैदेखि जिल्लाका मतदान केन्द्रमा भइरहेको मतदानको अवस्थाबारे जिल्लाका उच्चस्तरीय टोलीले अनुगमन गरिरहेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापा केसीले जानकारी दिइन् । मतदानस्थल तथा मतदान केन्द्र, मतदाताका गुनासाबारे निरीक्षण गरिरहेको उनले बताइन् । 

संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपश्चात् दोस्रोपटक भएको स्थानीय तहको निर्वाचनमा शुक्रबार जिल्लामा उत्साह रूपमा मतदान भइरहेको उनले बताइन् । जिल्लाको सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै मतदानको सुरु भएको थियो । मतदान गर्न ७ बजे नै मतदाताहरू लाइनमा बसेका थिए । मतदान केन्द्रहरूमा बिहानैदेखि घुँइचो लागेको छ ।

वृद्धवृद्धा, अशक्त, अपांगतालगायतका नागरिक पनि उत्साहजनक रूपमा मतदानमा सहभागी भएका छन् । 

 

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  २ : ४३ बजे

अमेरिकाले नेपालमा एमसीसी जारी राख्न खोजेकै हो ?

काठमाडौँ – नेपालस्थित अमेरिकी दूतावासले हिजो (४ असार, तदनुसार जुन

इजरायल र इरानबीचको युद्धमा नेपालीको सुरक्षा र उद्धारप्रति सरकारको ध्यानाकर्षण

काठमाडौं– इजरायल र इरानबीच युद्ध चर्किएसँगै त्यहाँ रहेका नेपालीहरूको स्थिति, सुरक्षा

संसद्‌मा पलेँटी कसेर पुस्तक पढ्दै रास्वपा सांसद (तस्बिरहरू)

काठमाडौं– संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाको बिहीबारको बैठक चलिरहेको छ

साताको अन्तिम कारोबारको दिन घट्यो नेप्से

काठमाडौं– शेयर कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

प्रचण्ड काठमाडौं बाहिर हुँदा रोकियो शीर्ष नेताको बैठक

काठमाडौं– समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित