पोर्टो रिकोमा डुङ्गा दुर्घटना हुँदा ११ जनाको मृत्यु « Khabarhub

पोर्टो रिकोमा डुङ्गा दुर्घटना हुँदा ११ जनाको मृत्यु


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी प्रशासनमा रहेको क्यारेबियन सागरस्थित पोर्टो रिको टापुको तटमा डुङ्गा पल्टदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलबाट अन्य ३१ जनालाई उद्धार गरिएको अमेरिकी तटरक्षक बलले जनाएको छ ।

३१ जना लाई जीवित उद्धार गरिएको तट रक्षक बलले ट्वीटमार्फत जानकारी दिएका छन् । उद्धार गरिएकाहरुमा  ११ महिला र २० पुरुष रहेका जनाइएको छ  । दुर्घटनाग्रस्त डुङ्गामा कति यात्रु सवार रहेका थिए भन्ने स्पष्ट छैन ।

पोर्टो रिकोको डेसेचियो टापुबाट करिब १९ वर्गकिलोमिटर उत्तरमा गैरकानूनी रुपमा यात्रामा रहेको एक डुङ्गा पल्टेको जनाइएको छ । डुङ्गामा सवार धेरै मानिसहरू हाइटीका रहेका थिए ।

यो डुङ्गामा कति जना थिए भन्ने स्पष्ट छैन । दुर्घटनाको कारण लगायत विषयको अनुसन्धान जारी रहेको जनाइएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ४ : ३० बजे

एसियाली खेलकुदमा नेपाली खेलाडीले बनाए निराश, कराँते र उसूका सबैजसो खेलाडी पराजित

नागोया- जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा आइतबार नेपालका पदकका

उमेर र तौलको ट्रोलिङमा सलमानको जवाफ : कपडा फुकाल्दै भने- ‘कर लो ट्रोलिङ’

काठमाडौं– बलिउड अभिनेता सलमान खान आफ्नो उमेर, तौल, रूप र

दोलखा कांग्रेसको वडा अधिवेशन : ६० वडामा सम्पन्न, १४ वडाको नतिजा आउन बाँकी

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौवटा स्थानीय तहका ७४

केही नेताले शेरबहादुर दाइलाई अल्मल्याए : महालक्ष्मी उपाध्याय ‘डिना’

काठमाडौं- पूर्वसभापति शेरबहादुर देउवाको साथ छोडेर केही दिनअघि नेपाली कांग्रेसको

अमेरिका-इरान तनाव फेरि बढ्दै, भ्रमण छोट्याएर ह्वाइट हाउस फर्किए ट्रम्प, नागरिकलाई सतर्क रहन आग्रह

वासिङ्टन- मध्यपूर्वमा अमेरिका र इरानबीच फेरि तनाव बढेको देखिएको छ।