स्थानीय तह निर्वाचन : देशभर ५३ मतदान केन्द्रको मतदान अवरुद्ध  « Khabarhub

स्थानीय तह निर्वाचन : देशभर ५३ मतदान केन्द्रको मतदान अवरुद्ध 


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशभर ५३ वटा मतदान केन्द्रमा मतदान अवरुद्ध भएको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्मको जानकारी अनुसार विभिन्न जिल्लाका ५३ मतदान केन्द्रको मतदान प्रक्रिया अवरुद्ध भएको हो । 

राजनीतिक दलका कार्यकर्ताहरूबीच झडप भएपछि ति मतदान प्रक्रिया अवरुद्ध भएका हुन् । केही स्थानमा पुनः सुचारु भइसकेको छ भने केही स्थानमा अर्को दिन मतदान गर्ने गरी सकिएको छ । 

निर्वाचन आयोगका अनुसार अहिलेसम्म ताप्लेजुङ, खोटाङ, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, नुवाकोट, काठमाडौं, काभ्रे, मकवानपुर, रौतहट, बारा, दाङ, कालिकोट, हुम्ला लगायतका जिल्लाका विभिन्न मतदान केन्द्रमा मतदान अवरुद्ध भएको छ ।

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको परमसिंहदेवी मावि निधुरादिन (क) मतदान केन्द्रको मतदान अवरुद्ध भएको छ । त्यस्तै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सावित्रा मावि बामराङ (ग) मतदान केन्द्रको मतदान प्रक्रिया अवरुद्ध भएको छ । 

दोलखाका तीन ठाउँमा मतदान प्रक्रिया अवरुद्ध भएको छ । तामाकोशी, मेलुङ र बैतेश्वरका एक–एक वटा मतदान केन्द्रमा मतदान अवरुद्ध भएको हो । त्यस्तै, सिन्धुलीको ९ वटा मतदान केन्द्रको मतदान अवरुद्ध भएको थियो । कमलामाई, दुधौली, तिनपाटन, हरिहरपुरगढीमा मतदान अवरुद्ध भएको थियो । 

धनुषाको मिथिला नगरपालिका, महोत्तरीको भँगाहा नगरपालिका, सर्लाहीको चक्रभट्टा गाउँपालिका र हरिभवन नगरपालिका, धादिङको धार्के गाउँपालिका, नुवाकोटको पञ्चकन्या, काठमाडौंको शंखरापुर, काभ्रेपलाञ्चोकको रोशी, मकवानपुरको मकवानपुरगढी, रौतहटको ईशनाथ, बाराको सुवर्ण, आदर्श कोटवाल, कोल्हवीजीतपुरसिमरा तथा दाङको घोराहीका एक/एक वटा केन्द्रमा मतदान रोकिएको छ ।

त्यस्तै कालिकोटको सान्नी त्रिवेणी, हुम्लाको चंखेली, दैलेखको आठबीसकोट, बाजुराको बुढीगंगा, बुढीनन्दा, स्वामिकार्तिक, अछामको ढकारी र पञ्चदेवल, पर्साको जिराभवानी, चितवनको खैरहनी र भरतपुर, रोल्पाको लुङ्गी तथा कैलालीको घोडाघोडी नगरपालिका, टीकापुर नगरपालिका र बर्दगोरिया गाउँपालिका गरी चार मतदान केन्द्रहरूमा मतदान प्रभावित भएको आयोगले जनाएको छ ।

सप्तरीको एक मतदान केन्द्रमा भने १ जेठमा मतदान हुनेछ । डाक्नेश्वरी नगरपालिका २ स्थित हिररबा मावि मतदान केन्द्रमा १ जेठमा मतदान हुने भएको हो । मतदान अधिकृत कुटिएपछि त्यहाँको मतदान रोकिएको थियो । कतै सेनाको सुरक्षा निगरानीमा मतदान भइरहेको छ भने कतै यसअघि नै मतदान प्रक्रिया सकिसकेको आयोगले जनाएको छ 

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ५ : १५ बजे

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि