गोरखाको मतदान केन्द्रमा अज्ञात समूहले गोली चलायो | Khabarhub Khabarhub

गोरखाको मतदान केन्द्रमा अज्ञात समूहले गोली चलायो

एक जना घाइते


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– स्थानीय तह निर्वाचनअन्तर्गत गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर २ स्थित ताराखसे मतदान केन्द्रअन्तर्गत सिद्वकाली माविमा गोली लागेर एक कर्मचारी घाइते भएकी छन् ।

मतदानका क्रममा कांग्रेस, माओवादी र एमालेका कार्यकर्ताबीचको विवाद भएको थियो । विवादले उग्र रूप लिँदा स्थिति तनावग्रस्त बनेका बेला अज्ञात व्यक्तिले चलाएको गोली लागेर निर्वाचनमा खटिएकी कर्मचारी घाइते भएकी हुन् ।

निर्वाचन अधिकृत खिमानन्द गौतमले अज्ञात व्यक्तिले गोली चलाएको र अनुसन्धान भइरहेको बताए । ५५ प्रतिशत मत खसिसकेको अवस्थामा स्थिति तनावग्रस्त बनेको गौतमको भनाइ छ । करिब साढे चार बजेदेखि यहाँ विवाद सिर्जना भएको हो ।

घटना स्थलमै भएका स्थानीय सुनिल लामिछानेले गोली लागेर मतदान केन्द्रमा खटिएकी स्वयंसेविका मनीषा थापा घाइते भएकी बताए । २२ वर्षीया थापाको घुँडामुनि पिँडुलामा गोली लागेको प्रहरीले जनाएको छ ।

घाइतेलाई उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए ।

‘घाइतेको उपचारका लागि हेलिकोप्टर मगाएर काठमाडौं लैजाने तयारी भइरहेको छ । हेलिकोप्टर मगाइसकेका छौं’, आचार्यले भने ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ५ : ५४ बजे

सेनाले गर्‍यो चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार

काठमाडौं– नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाई उद्धार

थाइल्यान्डमा हुने ‘साफ फुटसल च्याम्पियनसिप २०२६’ का लागि खेलाडी छनोटको तयारीमा एन्फा 

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘साफ फुटसल च्याम्पियनसिप

सन्तोष, दुर्गा र सुदनले बोलाए जेन-जीलाई, मिलेर अघि बढ्न प्रस्ताव

काठमाडौं- शुक्रबार मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियार,

महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाइ

काठमाडौं– नेपाल ओलम्पिक कमिटी (एनओसी) ले शुक्रबार दोस्रो महिला कबड्डी विश्वकप

बाबुराम र जनार्दनलाई साक्षी राखेर सुदन, सन्तोष र दुर्गाबीच ५ बुँदे सहमति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियार, प्रगतिशील राष्ट्रिय