भारतमा थप २ हजार ८ सय जनामा कोरोना भाइरसको सङ्क्रमण « Khabarhub

भारतमा थप २ हजार ८ सय जनामा कोरोना भाइरसको सङ्क्रमण


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतमा २४ घण्टाको समयावधिमा २ हजार ८ सय ४१ जना कोरोना भाइरसका थप सङ्क्रमित फेला परेका छन् । यससँगै भारतमा कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख १६ हजार २ सय ५४ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

 विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमितको  सङ्ख्या पुनः केही दिनयता तीन हजार नाघेको थियो । यद्यपि गत मङ्गलबारबाट केही मात्रामा कमी देखिएको छ ।

चौबीस घण्टाको समयावधिमा थपिएका यी नयाँ सङ्क्रमितमध्ये ३६ प्रतिशत राजधानी दिल्लीका रहेका समाचारमा जनाइएको छ ।

हाल राजधानीमा ४ हजार ९ सय २८ सक्रिय सङ्क्रमित रहेका पनि बताइएको छ । यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ९ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या ५ लाख २४ हजार १ सय ९० पुगेको छ ।

भारतभर अझै पनि सक्रिय सङ्क्रमित १८ हजार ६ सय ४ रहेका पनि मन्त्रालयले जानकारी दिएको छ । चौबीस घण्टामा ३ हजार २ सय ९० कोरोना निको भएका छन् ।

यसैसँगै हालसम्म चार करोड २५ लाख ७३ हजार ४६० सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ६ : ३३ बजे

दैनिक एक हजार ५०० ई-राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने

काठमाडौं– राहदानी विभागले विद्युतीय राहदानी (ई-पासपोर्ट) को बढ्दो मागलाई सम्बोधन

वालेन्द्रको ‘लाज ढाक्न’ रविलाई भ्याइ-नभ्याइ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्री बनेका वालेन्द्र शाह देशमा गम्भीर

सुनसरी घटना : छानबिन समितिमा दुई सदस्य थप

काठमाडौं– सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा

‘कार्गो क्षेत्रलाई व्यवस्थित बनाउन संघ–प्रदेश सहकार्य आवश्यक’

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा फ्रेट फरवार्डिङ