भारतमा थप २ हजार ८ सय जनामा कोरोना भाइरसको सङ्क्रमण « Khabarhub

भारतमा थप २ हजार ८ सय जनामा कोरोना भाइरसको सङ्क्रमण


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतमा २४ घण्टाको समयावधिमा २ हजार ८ सय ४१ जना कोरोना भाइरसका थप सङ्क्रमित फेला परेका छन् । यससँगै भारतमा कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख १६ हजार २ सय ५४ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

 विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमितको  सङ्ख्या पुनः केही दिनयता तीन हजार नाघेको थियो । यद्यपि गत मङ्गलबारबाट केही मात्रामा कमी देखिएको छ ।

चौबीस घण्टाको समयावधिमा थपिएका यी नयाँ सङ्क्रमितमध्ये ३६ प्रतिशत राजधानी दिल्लीका रहेका समाचारमा जनाइएको छ ।

हाल राजधानीमा ४ हजार ९ सय २८ सक्रिय सङ्क्रमित रहेका पनि बताइएको छ । यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ९ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या ५ लाख २४ हजार १ सय ९० पुगेको छ ।

भारतभर अझै पनि सक्रिय सङ्क्रमित १८ हजार ६ सय ४ रहेका पनि मन्त्रालयले जानकारी दिएको छ । चौबीस घण्टामा ३ हजार २ सय ९० कोरोना निको भएका छन् ।

यसैसँगै हालसम्म चार करोड २५ लाख ७३ हजार ४६० सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ६ : ३३ बजे

विधायन व्यवस्थापन समितिबाट पर्यटन विधेयक पारित

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले पर्यटन विधेयक पारित गरेको

एक्सन फिल्म ‘परिवर्तन’ हेर्न १६ वर्ष मुनिका दर्शकलाई अभिभावक साथ चाहिने

काठमाडौं – माघ ९ बाट प्रदर्शनमा आउन लागेको एक्सन फिल्म

अन्तर्राष्ट्रिय तेल बजारमा गिरावट, विश्वव्यापी लगानीकर्तामा अनिश्चितता

एजेन्सी– एशियाली शेयर बजारमा बुधबार प्रायः गिरावट देखिएको छ । अमेरिकी

दोलखाका उम्मेदवारलाई गिजाइरहेका बेवारिसे योजना  

दोलखा– पछिल्लो एक दशकको अवधिमा दुई वटा निर्वाचन सम्पन्न भएर

गगनलाई सभापति बनाएपछि के गर्दैछन् विश्वप्रकाश ?

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले यसपटक कुनै पनि स्थानबाट