व्यास नगरपालिकाका मेयर उम्मेदवार जोशीलाई उपचारका लागि पोखरा लगियो « Khabarhub

व्यास नगरपालिकाका मेयर उम्मेदवार जोशीलाई उपचारका लागि पोखरा लगियो


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- व्यास नगरपालिकाको मेयरका उम्मेदवार दीपराज जोशीलाई थप उपचारका लागि पोखरा लगिएको छ । दमौली अस्पतालमा सामान्य उपचार पश्चात् पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए । 

‘केही मिनेट अगाडी मात्र दमौली अस्पतालको एम्बुलेन्समार्फत पोखरा पठाइएको छ’, उनले भने । प्रहरी निरीक्षक अधिकारीका अनुसार जोशीको आँखाको माथिपट्टी टाउकोमा चोट लागेको छ ।

जोशीलाई सुरुमा उपचारका लागि काठमाडौं लाने भनिएको थियो । एकातिर मौसम बिग्रेको र अर्कोतिर हेलिकोप्टर नपाएपछि एम्बुलेन्समार्फत पोखरा लगेको बुझिएको छ । 

व्यास नगरपालिका–८ रिस्तीमा रिस्ती गाविस भवन मतदान केन्द्रको निरीक्षणमा गएका जोशीलाई कांग्रेसका कार्यकर्ताले कुटपिट गर्दा उनी घाइते भएका थिए । यो वडा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह वडा हो । कांग्रेस कार्यकर्ताले जोशीलाई कुटपिट गर्नुका साथै उनी चढेको बा१५च ६०२८ नम्बरको स्कारपियो तोडफोड गरेका छन् ।

नेपाली कांग्रेसको साधारण सदस्यसमेत नरहने गरेर कारबाहीमा परेका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहले व्यास नगरपालिकामा नेकपा एमालेसँग तालमेल गर्दै स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएको थियो । घाइते जोशी गोविन्दराज पुत्र हुन् ।

मतदानस्थलमा एजेन्ट किन छैन भनेर मतदान अधिकृतसँग सोध्दा आफूमाथि एकैचोटी हमला भएको जोशीले बताए । मतपत्र च्यातेपछि हातपात भएको कांग्रेसका कार्यकर्ताहरूले बताएका छन् ।न्युज कारखाना

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ७ : १७ बजे

जनताको अपेक्षा सम्बोधन गर्ने बजेट आएको छ : सञ्चारमन्त्री 

नुवाकोट– सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले आगामी आर्थिक वर्ष २०८३-८४

अर्थ मन्त्रालयको वेबसाइटबाट हरायो आर्थिक विधेयक

काठमाडौं- आर्थिक विधेयक २०८३ अर्थ मन्त्रालयको वेबसाइटबाट हराएको छ ।

भक्तपुर जिल्लाव्यापी बुद्धिचाल प्रतियोगिता सुरु

भक्तपुर- भक्तपुर जिल्लाव्यापी सूर्यविनायक बुद्धिचाल (चेस) प्रतियोगिता आजदेखि सूर्यविनायकमा सुरु

बीस स्रष्टासँगको अन्तर्वार्तामा आधारित ‘प्राज्ञिक संलाप’ पुस्तकमाथि परिचर्चा

काठमाडौं- नेपाली साहित्यका विभिन्न विधामा स्थापित २० जना स्रष्टासँग गरिएको

अमेरिकी र क्युबाली सैन्य अधिकारीबीच छलफल

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबासम्बन्धी आफ्नो नीति अघि