भारतीय विदेशसचिव भन्छन्, ‘मोदी र देउवाबीच व्यापक एजेण्डामा छलफल हुनेछ’ « Khabarhub

भारतीय विदेशसचिव भन्छन्, ‘मोदी र देउवाबीच व्यापक एजेण्डामा छलफल हुनेछ’


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी सोमबार लुम्बिनी भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा उनका नेपाली समकक्षी शेरबहादुर देउवासँग जलविद्युत् तथा कनेक्टिभिटीका विस्तृत एजेण्डामा छलफल हुने भएको छ ।

भारतीय विदेश सचिव विनय मोहन क्वात्राले पत्रकार सम्मेलनका क्रममा दुई मुलुकका प्रधानमन्त्रीबीच विभिन्न क्षेत्रमा आपसी सहकार्यलाई विस्तार गर्ने विषयमा छलफल हुने बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि गत महिना प्रधानमन्त्री देउवाले भारतको भ्रमण गरी मोदीसँग भेटवार्ता गरेका थिए । छोटो समयमा नै मोदीले फिर्ती भ्रमण गर्न लागेको विषयले भारतले नेपाललाई दिएको महत्व प्रष्ट भएको क्वात्राको भनाइ छ ।

‘यति छोटो समयमा नै फिर्ती भ्रमण तय हुनुले हाम्रो उच्च स्तरीय सम्बन्धको निकटता देखाउँछ ।’ क्वात्रालाई उद्धृत गर्दै भारतीय अनलाइन न्युज पोर्टल द प्रिन्टले जनाएको छ ।

एक दिने नेपाल भ्रमणका क्रममा मोदी बुद्ध जयन्तीका अवसरमा आगामी सोमबार लुम्बिनी आउँदैछन् ।

उनले लुम्बिनीमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने तथा त्यहाँ भारत सरकारले निर्माण गर्न लागेको बौद्ध गुम्बाको लोकार्पण गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ७ : २८ बजे

एमाले कमजोर भए देश कमजोर हुन्छ : अध्यक्ष ओली

भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर भए देश

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु काठमाडौं आउँदै

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि

लागूऔषधसहित तीन जना पक्राउ

भद्रपुर– झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागूऔषधसहित तीन

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

बागमती– मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी