ललितपुर महानगरमा भोलि गणना हुने, अरु पालिकामा मतपेटिका आउन बाँकी « Khabarhub

ललितपुर महानगरमा भोलि गणना हुने, अरु पालिकामा मतपेटिका आउन बाँकी


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरका विभिन्न स्थानबाट मतगणनास्थलसम्म मतपेटिका ल्याउन अझै बाँकी रहेको छ । पालिका केन्द्रबाट टाढा पर्ने वडामा रहेका मतदान स्थानबाट मतपेटिका ल्याउन बाँकी रहेको हो ।

ललितपुर महानगरपालिकामा भोलि बिहान ७ बजे बैठक सुरु गरेर ८ बजे मात्रै मतगणना गर्ने निर्णय भएको छ । उम्मेदवार र कर्मचारी सबै थाकेकाले भोलि मतगणना सुरु गर्ने गरी छलफल भएको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले जानकारी दिए ।

महानगरमा जम्मा ८६ हजार ५४० मत खसेको छ । महानगरमा जम्मा मतदाता एक लाख २२ हजार ८९० रहेका छन् ।

गोदावरी नगरपालिकामा मतपेटिका आउन अझै बाँकी रहेको छ । वडा नं ८ र ९ बाट मतपेटिका आउन बाँकी रहेको र त्यो आएपछि नै सर्वदलीय बैठक बसेर मतगणना आजै सुरु गर्ने वा भोलि गर्ने भनी टुङ्गो लाग्ने निर्वाचन अधिकृत श्रद्धा रिजालले जानकारी दिए ।

नगरपालिकामा ५४ हजार ३९९ मतदाता रहेका छन् ।

महाङ्काल गाउँपालिकामा नौ हजार १२ मतदाता रहेकामा सात हजार ६०० मत खसेको छ । यो ७७ दशमलव ९६ प्रतिशत हो । अझै दुई टाढा रहेका वडाबाट मतपेटिका आउन बाँकी छ । त्यहाँबाट आएपछि मात्रै मतगणना कहिले हुने भनी निर्णय हुने निर्वाचन अधिकृत सुशिला ज्ञवालीले जानकारी दिए ।

वाग्मती गाउँपालिकामा जम्मा मतदाता १२ हजार ३२८ मध्ये नौ हजार ६१७ ले मत हालेको निर्वाचन अधिकृत नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए ।

यहाँ जम्मा ७८ दशमलव ०१ प्रतिशत खसेको छ । यहाँका १७ मध्ये पाँच मतदानस्थलमध्ये मात्रै मतपेटिका आइपुगेको छ । सबै मतपेटिका आइपुगेका मतगणना सुरु हुने उनले बताए ।

कोञ्ज्योसोम गाउँपालिकामा ७५ दशमलव ५४ प्रतिशत मत खसेको छ । आज नै मतपेटिका आएपछि सर्वदलीय बैठक हुने निर्वाचन अधिकृत देवीकुमारी चौधरीले जानकारी दिए ।

मतगणना आज सुरु गर्ने तयारी रहेको उनले बताए ।

गाउँपालिकामा आठ हजार ५८८ मतदाता रहेका छन् । जिल्लामा कुल दुई लाख ४३ हजार ८८४ मतदाता पुगेका छन् । पुरुष मतदाता एक लाख १८ हजार ९३३, महिला मतदाता एक लाख २४ हजार ९५० र तेस्रो लिङ्गी एक छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  १० : ३२ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी