यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर  « Khabarhub

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी डलरको भाउ सोमबार स्थिर छ । नेपाल राष्ट्र बैंकका अनुसार सोमबार  अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आइतबार एकको खरिदमा १२४ रुपैयाँ २४ पैसा र बिक्रीमा १२४ रुपैयाँ ८४ पैसा रहेको अमेरिकी डलर सोमबार पनि सोही मूल्यमा खरिदबिक्री भइरहेको छ ।

युरोपियन युरोमा भने सामान्य ओरालो लागेको छ । यो दिन युरो एकको खरिदमा १३० रुपैयाँ ६६ पैसा र बिक्रीमा १३१ रुपैयाँ २९ पैसा रहेको छ । यसअघि भने एकको खरिदमा १३१ रुपैयाँ ४८ पैसा र बिक्रीमा १३२ रुपैयाँ १२ पैसा रहेको थियो ।

अष्ट्रेलियन डलरमा पनि सामान्य गिरावट आएको छ । यसअघि एकको खरिदमा ८८ रुपैयाँ ५१ पैसा र बिक्रीमा ८८ रुपैयाँ ९४ पैसा रहेको अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८७ रुपैयाँ ६१ पैसा र बिक्री मूल्य ८८ रुपैयाँ ०४ पैसा रहेको छ ।

क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ १९ पैसा र बिक्रीमा ९७ रुपैयाँ ६६ पैसा रहेको छ । जापानी येन १० को खरिदमा ९ रुपैयाँ २४ पैसा र बिक्रीमा ९ रुपैयाँ २९ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ५२ पैसा र बिक्रीमा १८ रुपैयाँ ६१ पैसा छ ।

साउदी अरेवियन रियाल स्थिर रहेको छ भने कतारी रियालमा सामान्य गिरावट आएको छ । सोमबार साउदी अरेवियन रियाल एकको खरिददर ३३ रुपैयाँ १२ पैसा र बिक्रीदर ३३ रुपैयाँ २८ पैसा छ भने यसअघि एकको खरिददर ३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३४ रुपैयाँ १९ पैसा रहेको कतारी रियाल सोमबार एकको खरिदमा ३३ रुपैयाँ ९२ पैसा र बिक्रीमा ३४ रुपैयाँ ०८ पैसा छ ।

त्यस्तै, मलेसियन रिंग्गेट एकको खरिदमा २८ रुपैयाँ २२ पैसा र बिक्रीमा २८ रुपैयाँ ३६ पैसा, साउथ कोरियन वन १०० को खरिद मूल्य ९ रुपैयाँ ७१ पैसा र बिक्रीमा ९ रुपैयाँ ७६ पैसा, कुवेती दिनार एकको खरिदमा ४०५ रुपैयाँ ३५ पैसा र बिक्रीमा ४०७ रुपैयाँ ३१ पैसा र बहराइन दिनार एकको खरिददर ३२९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३३१ रुपैयाँ २१ पैसा छ ।

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  ११ : ४१ बजे

एसएसपीदेखि एआईजीसम्मका १५ उच्च प्रहरी अधिकृतलाई तराई-मधेशमा पठाइयो 

काठमाडौं– तराई–मधेशमा पछिल्ला दिनमा विकसित सुरक्षा अवस्थाको मूल्यांकन गर्दै नेपाल

प्रधानमन्त्रीलाई मधेशवादी दलका नेताले सोधे : चार दिनसम्म के हेरेर बस्नुभयो ? 

काठमाडौं– मधेशवादी दलहरूसँग छलफल गरेका प्रधानमन्त्री वालेन्द्र शाह प्रश्नले घेरिएका

कर्फ्युपछि मधेशका केही जिल्लामा अवस्था शान्त

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शनपछि स्थानीय

मध्यपूर्वमा द्वन्द्व फैलिएपछि १६ जना भारतीय नागरिकको मृत्यु

एएनआई– मध्य पूर्वमा द्वन्द्व सुरु भए देखि यस क्षेत्रमा जारी

पशु चौपायमा कृत्रिम गर्भाधान 

चितवन– जिल्लाका ७० हजार २०६ पशु चौपायमा कृत्रिम गर्भाधान गराइएको छ