खेलकूदमन्त्री गहतराजको नेतृत्वमा बक्सिङ टोली रुस प्रस्थान « Khabarhub

खेलकूदमन्त्री गहतराजको नेतृत्वमा बक्सिङ टोली रुस प्रस्थान


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराजको नेतृत्वमा नेपाल बक्सिङ सङ्घका पदाधिकारीसहित आठ सदस्यीय टोली आज रुस प्रस्थान गरेको छ ।

बक्सिङ फेडरेशन अफ रसिया र रसिया फेडरेशनको खेलकुद मन्त्रीको निमन्त्रणामा मन्त्री गहतराजको नेतृत्वमा नेपाली टोली रुस प्रस्थान गरेको हो । टोलीमा मन्त्रालयका सचिव दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का विभागीय प्रमुख मधुसुदन बस्नेत, खेलकुद मन्त्रीको निजी सचिव रोशनकुमार सुनार, बक्सिङ संघको तर्फबाट संघका अध्यक्ष राम अवाले, उपाध्यक्ष अर्जुनबहादुर केसी, संघका सदस्य मानबहादुर भण्डारी र प्रवक्ता एवं अन्तर्राष्ट्रिय सम्बन्ध संयोजक श्यामकाजी अवाले हुनुहुन्छ ।

रुस भ्रमणको क्रममा दुवै देशको खेलकुद विकास र प्रवर्धनमा सहकार्य गर्न विभिन्न विषयहरूमा छलफल हुने बताइएको छ ।

त्यसैगरी, नेपाल र रुसका बक्सिङ खेलाडीहरुको प्रशिक्षण आदान–प्रदान, बक्सिङ प्रशिक्षकहरूको क्षमता विकास र वृद्धिमा सहयोग गर्ने, नेपाल रुसबिच मैत्रीपूर्ण बक्सिङ एवं अन्य खेलकुद प्रतियोगिता आयोजना एवं सहभागिता गराउने, रुसको स्पोर्ट्स साइन्स कलेजमा नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति व्यवस्था गर्ने लगायतको विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  १२ : ४५ बजे

प्रधानमन्त्रीको भ्रमणसँगै चीनले हटायो पाँच बेलायी सांसदमाथिको प्रतिबन्ध

बेइजिङ- बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले चीनको औपचारिक भ्रमण गरेका छन्

जेन-जी शहीदको सम्झनामा दीप प्रज्वलन

काठमाडौं– गत २३ र २४ भदौमा भएको जेन-जीहरूको प्रदर्शनका क्रममा

सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सहिदहरू राष्ट्रका ऊर्जा, प्रेरणा र मार्गदर्शनका

‘कसैले जितेर राष्ट्रलाई हराउनु हुँदैन’

चुनाव सम्पन्न गर्न तीव्र गतिमा बढिरहेको माहोलबीच अन्यथा अभिव्यक्ति दिनु

गाजल, मञ्जन र सिन्दूरमा भेटियो घातक सिसा, जनस्वास्थ्यमा गम्भीर असर

काठमाडौं– नेपालमा दैनिक प्रयोग हुने सौन्दर्य प्रसाधन (गाजल), व्यक्तिगत सरसफाइका