स्थानीय तह निर्वाचनमा पार्टीको सिट घटेकोबारे एमालेले समीक्षा गर्ने | Khabarhub Khabarhub

स्थानीय तह निर्वाचनमा पार्टीको सिट घटेकोबारे एमालेले समीक्षा गर्ने


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तह निर्वाचनमा जनमत तलमाथि नभए पनि सिट घटेको भन्दै त्यसको समीक्षा हुने जनाएको छ ।

आइतबार बसेको सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले मतमा एमाले ठूलो भएको भए पनि नेतृत्वमा भने विगतको भन्दा कमजोर नतिजा आएको बताए ।

त्यस विषयमा समीक्षा हुने उनको भनाइ थियो । पार्टीमा अन्तर्घात भएका विषयमा वडादेखि देशभरा सम्बन्धित कमिटीमा समीक्षा हुने बताए ।

केही स्थानमा भने उम्मेदवारी चयन लगायका विषय मिलाउन नसक्दा समस्या देखिएको उनले बताए ।

‘समयमै उम्मेदवार चयन गर्न नसक्दा, अकांक्षीहरुको व्यवस्थापन गर्न नसक्दा,निर्वाचन परिचालनमा आवश्यक पर्ने कुशलता देखाउन नसक्दा केही ठाउँमा पराजय भएको छ । प्रमाणित तथ्य र पार्टीलाई हराएको पुष्टि हुनेलाई सम्बन्धित कमिटीले कारबाही गर्नेछन् ।

पार्टीले कुन चाहिँ घात अन्तर्घात,कुन चाहिँ असमझदारी हो भनेर छुट्याउँछ र सही घारमा पार्टी पङ्क्तिलाई राख्न पहल हुनेछ’ उनले भने ।

बैठकले पार्टीको प्रतिष्ठालाई कमजोर गर्ने,पार्टीको विजयमाथि शंका हुने, मूल नेतृत्वमाथि अनास्था फैलाउने अभिव्यक्ति दिन नहुने निष्कर्ष निकाले उनले जानकारी दिए ।

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  १० : ४३ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ