इरानले रुसलाई सयौँ ड्रोन उपलब्ध गराउन लागेको अमेरिकाको आरोप « Khabarhub

इरानले रुसलाई सयौँ ड्रोन उपलब्ध गराउन लागेको अमेरिकाको आरोप


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानले युक्रेन युद्धका लागि रुसलाई सयौँ ड्रोनहरू उपलब्ध गराउने योजना बनाएको अमेरिकाले आरोप लगाएको छ ।

इरानले रुसी सेनालाई ड्रोन प्रयोग गर्न तालिम दिने तयारी गरिरहेको ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवानले आरोप लगाएका हुन् ।

इरानले रुसी सेनालाई ड्रोन उपलब्ध गराइसकेको भन्ने विषयमा अझै स्पष्ट भइनसकेको उनले बताए । इरानले अमेरिकाको दाबीलाई पुष्टि र अस्वीकार नगरी युद्धअघि रुससँग प्राविधिक सहयोग भएको जनाएको छ ।

इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता नासेर कनानी चाफीको भनाई उद्धृत गर्दै इरानको फार्स समाचार एजेन्सीले लेखेको छ, ‘अहिले यो सम्बन्धमा कुनै विशेष विकास भएको छैन ।’

युक्रेन र रुस दुवैको युद्धमा ड्रोनले महत्वपूर्ण भूमिका खेलेको छ । गत हप्ता मात्र युक्रेनले आफ्नो युद्धलाई सहयोग गर्न हजारौँ ड्रोन उपलब्ध गराउन अपिल गरेको थियो ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ८ : ५१ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।