बजेट पारितपछि बागमती प्रदेशसभाको बैठक बस्दै « Khabarhub

बजेट पारितपछि बागमती प्रदेशसभाको बैठक बस्दै


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बजेट पारित भएपछि बागमती प्रदेशसभाको पहिलो बैठक आज बस्ने भएको छ ।

गत असार १६ गते प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पारित गरे लगत्तै अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेशसभाको चालु दसौँ अधिवेशनको २५औँ बैठक आज बस्ने भएको हो ।

दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएका केही अध्यादेश र विभिन्न समितिमा रहेका विधेयकमाथि दफावार छलफल भई प्रतिवेदन तयार भएका उक्त विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बैठकमा मुख्यतः संसद्‍मा संशोधनका लागि पेश भएको केही प्रदेश ऐन संशोधन विधेयक–२०७९ माथि छलफल हुने कार्यसूची रहेको छ ।

आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अधिकांश सांसदहरु उपस्थित नहुने भएका छन् । पूर्व निर्धारित कार्य तालिका अनुसार पार्टीको आन्तरिक कार्यक्रम र बैठक राखिएकाले प्रदेश सभाको बैठकमा एमालेका सांसदहरु उपस्थित नहुने बताइएको छ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ९ : ४६ बजे

रास्वपाका प्रतिनिधिलाई पार्टीको खाना आजमात्रै भोलिदेखि आफैँ बस्दोबस्ती गर्नुपर्ने

काठमाडाैं – सत्तारुढ दल रास्वपाको चितवनमा जारी पहिलो महाविधेशनका लागि

रास्वपा महाधिवेशनमा नगएका अमरेशको चेतावनी : संघीयतामाथि हस्तक्षेप स्वीकार्य हुँदैन

काठमाडौं – रास्वपाका सांसद अमरेशकुमार सिंहले रास्वपाकै प्रस्तावनामाथि कडा टिप्पणी

रास्वपा निर्वाचन : कोशीमा निशालाई सर्वाधिक मत, विश्वराज दोस्रो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपाको केन्द्रिय सदस्यमा कर्णालीबाट सीता, तासी र विनिता विजयी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदको निर्वाचनमा

रास्वपाको केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदको