बागमती प्रदेशको यातायात पूर्वाधारमा ६१ प्रतिशत मात्र खर्च « Khabarhub

बागमती प्रदेशको यातायात पूर्वाधारमा ६१ प्रतिशत मात्र खर्च


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – बागमती प्रदेशको यातायात तथा पूर्वाधार विकास मन्त्रालयअन्तर्गत रहेको यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले भौतिक पूर्वाधारको विकास तथा निमार्णको कार्यमा चालु आर्थिक वर्षमा ६१ प्रतिशत मात्र खर्च गरेको छ । निर्देशनालयले रु सात अर्र्ब ४२ करोड ७१ लाख खर्च गरेको छ ।

पूर्वाधार निर्देशनालय तथा मातहतका निकायका लागि चालु आव २०७८-७९ मा रु १२ अर्र्ब १२ करोड नौ लाख विनियोजन भएको निर्देशनालयका सूचना अधिकरी हरिप्रसाद ओझाले जानकारी दिए । चालु आवमा प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले सबैभन्दा बढी ८८.६१ प्रतिशत खर्च गरेको छ । निर्देशनालयका लागि चालु आवमा रु ५५ करोड ७९ लाख विनियोजन गरेकामा रु ४९ करोड ४४ लाख खर्च भएको छ ।

निर्देशनालयअन्तर्गत रहेको पूर्वाधार विकास कार्यालय चितवनले ४९.८४ प्रतिशत, पूर्वाधार विकास कार्यालय ललितपुरले ५७.४८, पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकले ५३.९६, पूर्वाधार विकास कार्यालय रामेछापले ५४.९९, पूर्वाधार विकास कार्यालय नुवाकोटले ६०.८५, प्रादेशिक सडक डिभिजन कार्यालय धादिङले ५७.१४ र प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीले ७८.२१ प्रतिशत खर्च गरेको बताइएको छ ।

यसैबीच यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले हेटौँडा उपमहानगरपालिका–११ र १२ जोड्ने राप्ती खोलामा रु २७ करोड ४६ लाखको लागतमा पक्की पुल निमार्ण गरेको छ । तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलद्वारा शिलान्यास गरिएको सो पुल २१५ मिटर लामो छ । सो निर्देशनालयका निर्देशक सहदेव भण्डारीले प्रदेश सरकार गठन भएदेखि हालसम्म ७१ पुल निर्माण भइसकेका छन् । हाल ३० पुल निर्माणाधीन अवस्थामा छन् ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  १० : ५० बजे

प्रधानमन्त्री राहत कोषमा हेटौँडा स्कूल अफ म्यानेजमेन्टको बीस लाख

हेटौँडा– रसुवाका बाढीपीडितलाई राहत तथा उद्धारका लागि हेटौँडा स्कूल अफ

बाढीपीडितलाई सुदूरपश्चिम सरकारको दुई करोड सहयोग

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी बाढीपीडितको राहत तथा पुनः स्थापनाका

बाढी–पहिरो प्रभावित तीन जिल्लामा एनसेलका १४ टावर पुनः सञ्चालन

काठमाडौं– बाढी तथा पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङ

कैलाश तीर्थयात्रामा बाढीको असर

काठमाडौं–  नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएकामध्ये कैलाश

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी र एस्टन भिल्लाले साविक विजेता पीएसजीसँग खेल्ने

काठमाडौं- युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिगको