धान बालीमा खपटे किराको प्रकोप बढेपछि किसान चिन्तित « Khabarhub

धान बालीमा खपटे किराको प्रकोप बढेपछि किसान चिन्तित


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङमा असार पहिलो साता रोपेको धान बालीमा काँडेदार खपटे किराको प्रकोप देखिएकाे  छ । बेँसीशहर नगरपालिका-११  रामचोक फाटमा धानमा किरा लागेसँगै किसानहरू चिन्तित भएका छन् । रामचोक फाँटमा राईस हिस्पा (काँडेदार खपटे) किराको प्रकोप बढेपछि कृषि प्राविधिक टोलीको सल्लाहअनुसार धान बालीमा विषादी छर्किएको छ ।

कृषि ज्ञान केन्द्र र बेँसीशहर नगरपालिका कृषि शाखाका प्राविधिक टोलीले सोमबार अनुगमन गरेर विषादी प्रयोग बारेमा जानकारी गराएका हुन् । खपटे किरा प्रकोपले भर्खर रोपेका कलिला धानको पात खाएर बिरुवा नै सुक्ने, धान बिरुवाको गुभो खान लागेपछि धान बाली नष्ट हुने भएकाले किसानहरू चिन्तित भएका छन् ।

फाँटको करिब एक सय रोपनी धान बालीमा किरा प्रकोप देखिएको र मंगलवार करिब ५० रोपनीमा विषादी हालेको ज्ञान केन्द्रले जानकारी दिएको छ । केन्द्रका कृषि प्रसार अधिकृत किरण सापकोटाले फाँटमै पुगेर धान बाली अवलोकन गरी किरा प्रकोप र यसका उपचार विधिका बारेमा किसानलाई जानकारी गराएका  थिए । किराको प्रकोप नियन्त्रणका लागि आवश्यक विषादी केन्द्रमा नभएकाले नगरपालिकाको सहयोगमा किसानहरूलाई विषादी उपलब्ध गराइएको छ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  १ : ३५ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन