मुगुमा फस्टाउँदै चौँरी पालन   « Khabarhub

मुगुमा फस्टाउँदै चौँरी पालन  


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु- मुगुको पूर्वी भेगको मुगुमकार्मारोङ्ग गाउँपालिकामा पछिल्लो समय चौरी पालन फस्टाउन थालेको छ । केही समयअघि गाउँबाटै हराउने अवस्थामा पुगेको चौँरी पालनमा अहिले भने स्थानीयले रुचि देखाउन थालेका छन् ।

कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयअन्तर्गत पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुको आर्थिक सहयोग पाएपछि चौरी पालन फस्टाउँदै गएको हो ।

मुगमकामारोङ्ग गाँउपालिका-५ दाउरागाँउमा ‘एक निर्वाचन क्षेत्र, एक पकेट क्षेत्र’ कार्यक्रमअन्तर्गत हिमाली रिसर्च स्टोर फर एग्रिकल्चर एण्ड हब्स प्राइभेट लिमिटेडले चौँरी पालन व्यवसाय सञ्चालनमा सहयोग गरिरहेको छ ।

चौरी पालनबाट स्थानीयको आयआर्जन मात्रै बढेको छैन, दूध, उन, मासु, छुर्पी उत्पादन लगायतमा समेत सहयोग पुगेको छ । चौँरी पालन फर्म जिल्ला पशु सेवा कार्यालयबाट ५० प्रतिशत र ५० प्रतिशत निजी लगानीमा तीन वर्षअघि सञ्चालनमा आएको हो ।

अहिले यस फर्ममा ४३ वटा चौँरी छन् । चौँरी फर्म सञ्चालक गुरु स्याङ्ग्या लामाका अनुसार नौ महिना हिमालको हावापानीमा पालिन्छ भने बाँकी तीन महिना बेँसीतिर पाल्ने गरिन्छ ।

लेकमा पाल्दा पनि दाना, घाँस, नुनलगायतको समस्या हुने गरेको छ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  २ : ३२ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन