निर्वाचनमा मानवअधिकार हनन् भयो : ओली « Khabarhub

निर्वाचनमा मानवअधिकार हनन् भयो : ओली


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय तहको निर्वाचनमा राज्य पक्षबाट मानवअधिकार हननका घटना भएको बताएका छन्।

मानवअधिकार एलायन्सले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले निर्वाचनमा विपक्षी दलका उम्मेदवारलाई गिरफ्तार गर्ने र हिरासतमा राख्ने लगायतका मानवअधिकार विरोधी काम राज्य पक्षबाट भएको बताएका हुन् ।

विपक्षीलाई थुनाएर बुथ कब्जा गर्ने काम पनि भएको उनको भनाइ छ । ओलीले रेडक्रसमा अदालतको आदेश विपरीत प्रहरी पठाएर तमासा गर्न खोजेको र डेमोक्रेशी र कानूनी राजको उपहास भएको तर्क गरे। अध्यक्ष ओलीले आफ्नो अहिलेसम्मको लडाई मानवअधिकारका लागि नै भएको र कहिले पनि मानवअधिकारको उलङ्घन नगर्ने स्पष्ट पारे।

उनले मानवअधिकार जागिर नभएको र यो नितान्त आदर्श र निष्ठासँग जोडिएको विषय भएको बताए।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ५ : ४७ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।