निर्वाचनमा मानवअधिकार हनन् भयो : ओली « Khabarhub

निर्वाचनमा मानवअधिकार हनन् भयो : ओली


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय तहको निर्वाचनमा राज्य पक्षबाट मानवअधिकार हननका घटना भएको बताएका छन्।

मानवअधिकार एलायन्सले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले निर्वाचनमा विपक्षी दलका उम्मेदवारलाई गिरफ्तार गर्ने र हिरासतमा राख्ने लगायतका मानवअधिकार विरोधी काम राज्य पक्षबाट भएको बताएका हुन् ।

विपक्षीलाई थुनाएर बुथ कब्जा गर्ने काम पनि भएको उनको भनाइ छ । ओलीले रेडक्रसमा अदालतको आदेश विपरीत प्रहरी पठाएर तमासा गर्न खोजेको र डेमोक्रेशी र कानूनी राजको उपहास भएको तर्क गरे। अध्यक्ष ओलीले आफ्नो अहिलेसम्मको लडाई मानवअधिकारका लागि नै भएको र कहिले पनि मानवअधिकारको उलङ्घन नगर्ने स्पष्ट पारे।

उनले मानवअधिकार जागिर नभएको र यो नितान्त आदर्श र निष्ठासँग जोडिएको विषय भएको बताए।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ५ : ४७ बजे

ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डको विषयमा अमेरिका समर्थक नहुने

शिक्षकलाई स्थानीय भत्ता वितरण

भोजपुर– रामप्रसाद राई गाउँपालिकाले शिक्षकलाई प्रोत्साहन भत्ता प्रदान गर्न थालेको

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

चितवन– नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा

कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने 

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले गगन थापालाई पार्टी सभापतिको

झापा–५ मा ओलीसँग बालेन भिड्न कस्सिँदा नेकपाले रञ्जितलाई अघि सर्‍याे 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ मा