बोलेरो दुर्घटना हुँदा ९ जना घाइते, चालक फरार « Khabarhub

बोलेरो दुर्घटना हुँदा ९ जना घाइते, चालक फरार


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– सिद्धिचरण लोकमार्गमा बोलेरो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

उदयपुरको कटारी नगरपालिका– ४ अड्डाकुनामा दुर्घटना हुँदा बोलेरोमा सवार ९ जना घाइते भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

कटारी बजारबाट कटारी नगरपालिका–१३ मयंखु जाँदै गरेको बोलेरो दुर्घटना भएको हो ।

दिउँसो मयांखु जाने क्रममा कटारी नगरपालिका–४ अड्डाकुनामा प्र.२–०१–००१ च ०२४३ नम्बरको बोलेरो दुर्घटना हुँदा ९ जना गम्भीर घाइते भएका हुन् । घाइतेको कटारी अस्पतालमा प्राथमिक उपचारपछि घाइतेहरूलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरूमा कटारी नगरपालिका–८ का २२ वर्षीय मनोज ठकुरी टाउको र ढाडमा, ५५ वर्षीय उर्मिला ठकुरी, ५० वर्षीय कृष्णबहादुर बुढाथोकी, २० वर्षीय राज ठकुरी, कटारी नगरपालिका १३ का ३१ वर्षीय हिरा खड्का, कटारी नगरपालिका ११ का १८ वर्षीय दिवस बस्नेत, ५० वर्षीय इन्द्रबहादुर मगर ,कटारी नगरपालिका–४ मरुवा खानीका २२ वर्षीय दिपेश कोइराला, इटहरी उपमहानगरपालिका–४ का ५० वर्षीय निर्मल भुजेल रहेका छन् ।

चालक भने फरार रहेका छन् । तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ९ : ४९ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम