बोलेरो दुर्घटना हुँदा ९ जना घाइते, चालक फरार « Khabarhub

बोलेरो दुर्घटना हुँदा ९ जना घाइते, चालक फरार


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– सिद्धिचरण लोकमार्गमा बोलेरो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

उदयपुरको कटारी नगरपालिका– ४ अड्डाकुनामा दुर्घटना हुँदा बोलेरोमा सवार ९ जना घाइते भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

कटारी बजारबाट कटारी नगरपालिका–१३ मयंखु जाँदै गरेको बोलेरो दुर्घटना भएको हो ।

दिउँसो मयांखु जाने क्रममा कटारी नगरपालिका–४ अड्डाकुनामा प्र.२–०१–००१ च ०२४३ नम्बरको बोलेरो दुर्घटना हुँदा ९ जना गम्भीर घाइते भएका हुन् । घाइतेको कटारी अस्पतालमा प्राथमिक उपचारपछि घाइतेहरूलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरूमा कटारी नगरपालिका–८ का २२ वर्षीय मनोज ठकुरी टाउको र ढाडमा, ५५ वर्षीय उर्मिला ठकुरी, ५० वर्षीय कृष्णबहादुर बुढाथोकी, २० वर्षीय राज ठकुरी, कटारी नगरपालिका १३ का ३१ वर्षीय हिरा खड्का, कटारी नगरपालिका ११ का १८ वर्षीय दिवस बस्नेत, ५० वर्षीय इन्द्रबहादुर मगर ,कटारी नगरपालिका–४ मरुवा खानीका २२ वर्षीय दिपेश कोइराला, इटहरी उपमहानगरपालिका–४ का ५० वर्षीय निर्मल भुजेल रहेका छन् ।

चालक भने फरार रहेका छन् । तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ९ : ४९ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय