प्रशिक्षक प्रभाकर आज नेपाल आउँदै « Khabarhub

प्रशिक्षक प्रभाकर आज नेपाल आउँदै


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकर आज नेपाल आउँदै छन् । उनी आज साँझ ६ः१० मा काठमाडौँ आउने तालिका छ । नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई सोमबार प्रशिक्षकमा नियुक्त गरेको थियो । क्यानले उनीसँग एक वर्षको सम्झौता गरेको छ ।

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्यान्ड भ्रमणपछि पुबु दु दसानायाकेले  पदबाट राजीनामा दिएका थिए । भदौ पहिलो साता हुने केन्या भ्रमणसँगै प्रभाकरले नेपाली टोलीको प्रशिक्षण सम्हाल्नेछन् ।  नेपालले केन्याविरुद्ध पाँच ट्वान्टी २० र तीन एक दिवसीय शृंखला खेल्ने तालिका रहेको छ ।

जसका लागि खेलाडी छनोट समेत भइसकेको छ । पूर्वकप्तान ज्ञानेन्द्र मल्लले कमब्याक गरेका छन् भने कुशल भुर्तेल टिम बाहिर छन् । यस्तै, बिनोद भण्डारीसमेत बाहिर छन् ।

प्रभाकरले भारतीय टिमबाट ३९ टेस्ट र एक ३० एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । प्रभाकरसँग अफगानिस्तानको राष्ट्रिय क्रिकेट टिम र रणजी ट्रफीका टिमहरु दिल्ली, राजस्थान र यूपी क्रिकेट एसोसियसनको प्रशिक्षण सम्हालेको अनुभव छ ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ९ : २७ बजे

संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

काठमाडाैँ – सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष

कृषि तथा वन विज्ञान विश्वविद्यालय : अध्ययन बिदा छानबिन गर्न समिति गठन

चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका शिक्षक तथा कर्मचारीले

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) बाट

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन