श्रीदेवीबारे चार रोचक तथ्य « Khabarhub

श्रीदेवीबारे चार रोचक तथ्य


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अभिनेत्री श्रीदेवी आज भलै यो संसारमा छैनन्, तर उनलाई अझै पनि फ्यानहरुले सम्झिइरहेका छन् । श्रीदेवी जति सुन्दर थिइन्, उति नै राम्रो अभिनय पनि गर्थिन् । आज पनि उनका कैयौं फिल्म टेलिभिजनमा प्रसारण हुँदै आएका छन् ।

सन् १९६३ अगष्ट १३ मा जन्मिएकी श्रीदेवी बलिउडको पहिलो महिला सुपरस्टार थिइन् । उनको निधन सन् २०१८ फेब्रुअरी २४ मा भएको थियो । उनले बलिउडका झण्डै ३ सय फिल्ममा काम गरिन् । जसमा धेरै फिल्म हिट भएका थिए । यहाँ उनीसँग जोडिएका केही तथ्य प्रस्तुत गरिएको छ–

हिरोभन्दा बढी पारिश्रमिक
भारतीय फिल्ममा जहिल्यै पुरुषकै बोलवाला रह्यो । आज पनि अधिकांश अभिनेतालाई केन्द्रमा राखेर फिल्म बनाइन्छ । ९० को दशकमा त अभिनेताकै दममा फिल्म हिट हुन्थे । तर, त्यो समय श्रीदेवीले आफ्नो अभिनयको धाक जमाएकी थिइन् ।

श्रीदेवी यस्तो अभिनेत्री थिइन्, जसको फिल्म हेर्न दर्शकहरु सिनेमाघरतिर दौडन्थे । उनले आफ्नो अभिनयको दममा पहिलो महिला सुपरस्टारको उपाधि पोल्टामा पारिन् । यही कारण त्यो समयमा उनी अभिनेताभन्दा बढी पारिश्रमिक लिन्थिन् । फिल्म ‘नगीना’मा उनले अभिनेता ऋषि कपूरभन्दा बढी पारिश्रमिक लिएकी थिइन् ।

साउथमा पनि लोकप्रिय नाम
अभिनेत्री श्रीदेवीले साउथ फिल्मबाट आफ्नो करियर सुरुवात गरेकी थिइन् । उनले साउथ फिल्ममा पनि लोकप्रियता कमाएकी थिइन् । उनले १६ वयथीनिलए, मंदरु मुदिचु, सिगप्पू रोजकाल, कल्याणरमन, जोनी, मीनदुम कोकिला जस्ता फिल्मबकाट लोकप्रियता कमाएकी थिइन् ।

ओठको प्लास्टिक सर्जरी
फिल्मी अभिनयमा व्यस्त भइरहँदा उनको ओठको आकारमा केही परिवर्तन भएको थियो । त्यसपछि उनले ओठको प्लास्टिक सर्जरी गरेको खुलेको थियो । यद्यपि फ्यानले उनको नयाँ लुक्सलाई मन पराएनन् ।

१५ वर्षपछि कमव्याक
श्रीदेवीलाई भारतीय फिल्ममा व्यावसायिक अभिनेत्रीका रुपमा चिनिन्थ्यो । उनले आफ्नो करियरमा नागिन, चालबाज, चाँदिनी, सीता–गीता, जुदाई, खुदा गवाह, नगीना, मिस्टर इंडिया जस्ता सानदार फिल्ममा अभिनय गरिन् । उनी झण्डै १५ वर्ष फिल्मी पर्दाबाट अलग भइन् ।

१५ वर्षपछि फिल्म ‘इंग्लिश विंग्लिश’ बाट सानदार पुनरागमन गरिन् । त्यसपछि उनी सन् २०१८ मा फिल्म ‘मोम’ मा सौतेली आमाको भूमिकामा अभिनय गरिन् ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ९ : ४५ बजे

प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखाको

गाउँमा बाँदर निषेध गरे सुकुम्बासी समस्या आधाले निरुपण हुन्छ : अर्थशास्त्री हरि रोका

काठमाडौँ– अर्थशास्त्री हरि रोकाले सरकारलाई सहरमा सुकुम्बासी बस्न निषेध गर्नुभन्दा

दुईदिने बिदाकाे चापले अतिरिक्त सिफ्टको तयारीमा सरकारी अस्पताल, ओपीडी–शल्यक्रिया प्रभावित

काठमाडौँ– सरकारले इन्धन खपत घटाउने उद्देश्यले सातामा दुई दिन सार्वजनिक

प्रधानमन्त्री कप एनभीए लिग आजदेखि, ८ पुरुष र ६ महिला टोलीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ– दशौँ संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल

हिमाली र पहाडी भूभागमा आंशिक बादल, तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल