श्रीदेवीबारे चार रोचक तथ्य « Khabarhub

श्रीदेवीबारे चार रोचक तथ्य


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अभिनेत्री श्रीदेवी आज भलै यो संसारमा छैनन्, तर उनलाई अझै पनि फ्यानहरुले सम्झिइरहेका छन् । श्रीदेवी जति सुन्दर थिइन्, उति नै राम्रो अभिनय पनि गर्थिन् । आज पनि उनका कैयौं फिल्म टेलिभिजनमा प्रसारण हुँदै आएका छन् ।

सन् १९६३ अगष्ट १३ मा जन्मिएकी श्रीदेवी बलिउडको पहिलो महिला सुपरस्टार थिइन् । उनको निधन सन् २०१८ फेब्रुअरी २४ मा भएको थियो । उनले बलिउडका झण्डै ३ सय फिल्ममा काम गरिन् । जसमा धेरै फिल्म हिट भएका थिए । यहाँ उनीसँग जोडिएका केही तथ्य प्रस्तुत गरिएको छ–

हिरोभन्दा बढी पारिश्रमिक
भारतीय फिल्ममा जहिल्यै पुरुषकै बोलवाला रह्यो । आज पनि अधिकांश अभिनेतालाई केन्द्रमा राखेर फिल्म बनाइन्छ । ९० को दशकमा त अभिनेताकै दममा फिल्म हिट हुन्थे । तर, त्यो समय श्रीदेवीले आफ्नो अभिनयको धाक जमाएकी थिइन् ।

श्रीदेवी यस्तो अभिनेत्री थिइन्, जसको फिल्म हेर्न दर्शकहरु सिनेमाघरतिर दौडन्थे । उनले आफ्नो अभिनयको दममा पहिलो महिला सुपरस्टारको उपाधि पोल्टामा पारिन् । यही कारण त्यो समयमा उनी अभिनेताभन्दा बढी पारिश्रमिक लिन्थिन् । फिल्म ‘नगीना’मा उनले अभिनेता ऋषि कपूरभन्दा बढी पारिश्रमिक लिएकी थिइन् ।

साउथमा पनि लोकप्रिय नाम
अभिनेत्री श्रीदेवीले साउथ फिल्मबाट आफ्नो करियर सुरुवात गरेकी थिइन् । उनले साउथ फिल्ममा पनि लोकप्रियता कमाएकी थिइन् । उनले १६ वयथीनिलए, मंदरु मुदिचु, सिगप्पू रोजकाल, कल्याणरमन, जोनी, मीनदुम कोकिला जस्ता फिल्मबकाट लोकप्रियता कमाएकी थिइन् ।

ओठको प्लास्टिक सर्जरी
फिल्मी अभिनयमा व्यस्त भइरहँदा उनको ओठको आकारमा केही परिवर्तन भएको थियो । त्यसपछि उनले ओठको प्लास्टिक सर्जरी गरेको खुलेको थियो । यद्यपि फ्यानले उनको नयाँ लुक्सलाई मन पराएनन् ।

१५ वर्षपछि कमव्याक
श्रीदेवीलाई भारतीय फिल्ममा व्यावसायिक अभिनेत्रीका रुपमा चिनिन्थ्यो । उनले आफ्नो करियरमा नागिन, चालबाज, चाँदिनी, सीता–गीता, जुदाई, खुदा गवाह, नगीना, मिस्टर इंडिया जस्ता सानदार फिल्ममा अभिनय गरिन् । उनी झण्डै १५ वर्ष फिल्मी पर्दाबाट अलग भइन् ।

१५ वर्षपछि फिल्म ‘इंग्लिश विंग्लिश’ बाट सानदार पुनरागमन गरिन् । त्यसपछि उनी सन् २०१८ मा फिल्म ‘मोम’ मा सौतेली आमाको भूमिकामा अभिनय गरिन् ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ९ : ४५ बजे

जेन-जी आन्दोलनको उपहास : सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

पाल्पा– जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको

पञ्चैबाजा समूहबाट लोकबाजा घर स्थापना

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ

राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खसेर