तिलावे नदीमा निर्माण गरिएको पक्की पुलको उद्घाटन « Khabarhub

तिलावे नदीमा निर्माण गरिएको पक्की पुलको उद्घाटन


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- पर्साको ग्रामीण भेगका जनतालाई लक्षित गरी वीरगञ्ज महानगरपालिका–१७ र १९ जोड्ने तिलावे नदीमा निर्माण गरिएको पक्की पुलको आज उद्घाटन गरिएको छ । उक्त पुलको एक कार्यक्रमबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई र वन तथा वातावरणमन्त्री प्रदीप यादवले संयुक्तरुपमा उद्घाटन गरेका हुन् । 

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री राईले विभिन्न बहाना बनाएर समयमै आयोजनाको काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई नियमानुसार कारबाही प्रक्रिया अघि बढाइने बताए । मन्त्रालयअन्तर्गत रहेका विभिन्न सडक, खानेपानी, सिँचाइ अन्य पूर्वाधारसहितका राष्ट्रियस्तरका आयोजना समयमै निर्माण सम्पन्न होस् भन्ने उद्देश्यले मन्त्रालयले काम अघि बढाएको मन्त्री राईले बताए । 

सोही अवसरमा मन्त्री राईले पर्साको वीरगञ्जस्थित गण्डकदेखि मितेरी पुलसम्मको मेनरोड फराकिलो हुने जानकारी दिए । त्रिभुवन राजपथअन्तर्गत पर्ने गण्डकदेखि मितेरी पुलसम्मको साढे २२ मिटर दायाँ र साढे २२ मिटर बायाँ बनाइने उनले बताए । वीरगञ्जलाई ग्रामीण भेगसँग जोड्ने तिलावे पुलको उद्घाटन गर्दै मन्त्री राईले त्रिभुवन राजपथअन्तर्गत पर्ने गण्डकदेखि मितेरी पुलसम्मको सडकको अतिक्रमण हटाइने बताए ।

कार्यक्रममा वन तथा वातावरणमन्त्री यादवले वन तथा वातावरण मन्त्रालयका कारण अघि बढ्न नसकेकाले विभिन्न आयोजनाका फाइल कानुनबमोजिम समस्या समाधान गरिने बताए । लामो समयदेखि वन तथा वातावरण मन्त्रालयमा रोकिएका आयोजनाको फाइल कानुनले मिल्ने भए तत्काल समाधान गरी आयोजनालाई अघि बढाउन सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । 

 पर्सासँग जोडिने सबै सडक निर्माणको कार्यलाई तत्काललाई सञ्चालन गराउने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री यादवले ठोरीदेखि माडीसम्मको सडक विस्तारमा रहेको कानुनी अड्चनलाई हटाउँदै कार्य अगाडि बढ्ने बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा आयोजित सो कार्यक्रममा  सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलगायतले पुल निर्माणबाट जिल्लावासीको यातायात व्यवस्थापनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ५ : ४६ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका