रूकुम पूर्व दुर्घटना : घाइते एक प्रहरी जवानको मृत्यु « Khabarhub

रूकुम पूर्व दुर्घटना : घाइते एक प्रहरी जवानको मृत्यु


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रूकुम पूर्वमा भ्यान दुर्घटना हुँदा घाइते भएका एक प्रहरी जवानको मृत्यु भएको छ । पुथाउत्तरगंगा गाउँपालिका–११, तल्लोसेरामा जिल्ला प्रहरी कार्यालयको भ्यान दुर्घटनामा भएकोमा दुई डीएसपीसहित ६ प्रहरी घाइते भएका थिए । 

मृतु हुनेमा गम्भीर घाइते भएका प्रहरी जवान लक्ष्मण पुन रहेका छन् । उनको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु प्रदेश प्रहरी कार्यालयका प्रवक्ता खड्कबहादुर खत्रीले बताए ।

रोल्पाको सुनिल स्मृति गाउँपालिकाका ३० वर्षीय पुन जिल्ला प्रहरी कार्यालय रुकुम पर्वमा कार्यरत थिए । लु १ झ ६६० नम्बरको भ्यान दुर्घटना हुँदा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रवीन्द्र श्रेष्ठ पनि घाइते भएका छन् ।

दुर्घटनाका घाइतेलाई हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ६ : ४६ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी