बर्नेमाउथविरुद्ध म्यानचेस्टर सिटीको फराकिलो जित « Khabarhub

बर्नेमाउथविरुद्ध म्यानचेस्टर सिटीको फराकिलो जित


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलाे जित निकालेको छ ।शनिबार भएको खेलमा सिटीले बर्नेमाउथलाई ४– ० गोल अन्तरले पराजित गरेको हो।

घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन इल्के गुन्डोगान, केभिन डी ब्रुएन र फिल फोडेनले १ १ गोल गरे। बर्नेमाउथका जेफर्सन लेर्माले आत्मघाती गोल गरे।

खेलको १९ औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई सुरूआती अग्रता दिलाएका थिए। ३१औं मिनेटमा ब्रुएनले गोल गर्दै अग्रता दोब्बर बनाए। ३७ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीको अग्रता ३–० मा पुर्‍याए।

७९ औं मिनेटमा लेर्माले आत्मघाती गोल गरेपछि सिटीले ४-० को जित निकाल्यो।

जितसँगै सिटीले २ खेलमा ६ अंक जोडेको छ। सिटी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।बर्नेमाउथको यो पहिलो हार हो। बर्नेमाउथले २ खेलमा ३ अंक जोडेको छ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  १० : २७ बजे

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका