‘भ्रष्टाचार र अनियमितताको विरुद्धमा पार्टी क्रियाशील छ’ « Khabarhub

‘भ्रष्टाचार र अनियमितताको विरुद्धमा पार्टी क्रियाशील छ’


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पर्वत – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलका गलत क्रियाकलापले नै मुलुक समस्यामा पर्दै गएको बताएका छन् । पर्वत सदरमुकाम कुश्माबजारमा आज आयोजित कार्यकर्ता भेलामा उनले भ्रष्टाचार र अनियमितता मौलाउँदै गएकोप्रति चिन्ता व्यक्त गरे । 

उनले आगामी मङ्सिर ४ गतेको निर्वाचनमा राप्रपालाई मत दिएर पहिलो दल बनाउन आग्रह गरे । मुलुकको समृद्धि र विकासको स्पष्ट खाकासहित भ्रष्टाचार र अनियमितताको विरुद्धमा आफ्नो पार्टी निरन्तर क्रियाशील रहेको उनको भनाइ थियो ।

अध्यक्ष लिङ्देनले यसअघि पर्वतको मोदी गाउँपालिकामा राप्रपाको पालिकास्तरीय कार्यालयको उद्घाटनसमेत गरेका थिए ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  २ : ०७ बजे

टोली लिएर देउवा भेट्न पुगे शेखर

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासहितको टोली  शेरबहादुर देउवालाई

नेपाली कांग्रेसद्वारा सबै सदस्यसमक्ष एकता र संयमको अपील

काठमाडौँ– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देश अहिले गम्भीर

विशेष महाधिवेशनले संकटमा परेपछि कानुन व्यवसायी र पार्टी पदाधिकारीसँग छलफल गर्दै देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट कानून व्यवसायी र

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल