युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रबाट गत महिना ७३ हजार विस्थापित « Khabarhub

युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रबाट गत महिना ७३ हजार विस्थापित


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युक्रेनको द्वन्द्व प्रभावित पूर्वी र दक्षिणी क्षेत्रहरूबाट गत महिना ७३ हजार भन्दा बढी मानिस विस्थापित भएका युक्रेनी अधिकारीले जनाएका छन् ।

युक्रेनको अस्थायी रूपमा कब्जा गरिएका क्षेत्रको पुनर्मिलन मन्त्रालयले दिएको जानकारीअनुसार मुलुकको पूर्वी एवम् दक्षिणी क्षेत्रबाट गत महिनामात्र ७३ हजार मानिसहरु विस्थापित भएका हुन् ।

पूर्वी डोनेट्स्क क्षेत्रबाट एक महिनामा करिब १६ हजार नागरिकहरु विस्थापित भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसका साथै दक्षिणी युक्रेनको खेरसन र जापोरिज्जिया क्षेत्रका रुस नियन्त्रित क्षेत्रबाट ५० हजार मानिसलाई युक्रेन नियन्त्रित क्षेत्रमा सारिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले अनिवार्य निकासीलाई अन्य द्वन्द्वग्रस्त क्षेत्रहरूमा विस्तार गर्न सकिने बताएकी छिन् ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ४ : ०२ बजे

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै

इमरान भेट्न जेल पुगे बहिनी र पत्नी, उपचारका लागि अस्पताल सार्न सर्वोच्चको आदेश

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसँग उनकी बहिनी नोरीन नियाजी र