अपरान्ह ४ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

अपरान्ह ४ बजेसम्मका मुख्य १० समाचार


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । अपरान्ह ४ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

१. विश्व बैंकले दिने ३५ अर्ब रुपैयाँ ऋण लिने सरकारको निर्णय

सरकारले विश्व बैंकबाट प्राप्त हुने करिव ३५ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले यातायात तथा व्यापार आवद्धता अभिवृद्धि कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।

त्यस्तै महिला संरक्षण तथा उत्थान प्रणाली सुदृढीकरण परियोजनाका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने १२ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्न वार्ता टोली गठन गर्ने निर्णय भएको उनले बताए ।

२. जबरासँगको बयान सकियो

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आफूले तयार पारेका ४३ वटै प्रश्न सोधेको छ । समितिले आइतबारसम्म ३५ वटा प्रश्न गरेको थियो ।

आज जबरालाई बाँकी रहेका ८ वटा प्रश्न सोधेको हो । उनीसँग समितिले भदौ १५, १६ र १९ मा बयान लिएको थियो । अब जबरासँग प्रतिप्रश्न सोध्न बाँकी रहेको समितिले जनाएको छ ।

प्रतिप्रश्नका लागि भोलि वा पर्सि बोलाउने तयारी रहेको समिति सदस्य रेखा शर्माले जानकारी दिइन् ।

३. नेपाल भ्रमणमा रहेका ली झान्सु राजनीतिक भेटवार्तामा व्यस्त  

नेपाल भ्रमणमा रहेका चिनिया जनकंग्रेसका अध्यक्ष ली झान्सु र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।  नयाँ बानेश्वरस्थित संसद भवनमा सभामुख ली र माओवादीका अध्यक्ष दाहालबीच भेटवार्ता भएको  हो ।

यसअघि   सभामुख ली र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा एमाले अध्यक्ष ओलीले नेपाल–चीन रणनीतिक साझेदारीबाट अपेक्षित लाभ हासिल गर्ने विश्वास व्यक्त गरे । 

४. थप २०३ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ५९ जनाको नमूना परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो ।

संकलित नमुनामध्ये १३ सयलाई आरटी पिसीआर र तीन हजार सात सय ५९ नमूना एन्टीजेनबाट परीक्षण गरिएको थियो । त्यसमध्ये ८७ जनामा पिसीआरबाट र ११६ जनामा एन्टीजेनबाट संक्रमण देखिएको थियो ।

नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या नौ लाख ८४ हजार सात सय १० पुगेको छ भने हाल २२ सय ३२ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोना संक्रमणबाट १२ सय १५ जनाले ज्यान गुमाएका छन् ।

५. ‘राजनीतिक दलहरू नसुध्रिएसम्म मुलुक समृद्ध हुँदैन’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले शीर्ष राजनीतिक दलहरू नसुध्रिएसम्म मुलुक समृद्ध नबन्ने बताएका छन् । पर्वतको सदरमुकाम कुश्मा बजारमा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले राजनीतिक दलका गलत क्रियाकलापहरूले नै मुलुक समस्यामा पर्दै गएको समेत बताए । उनले भ्रष्टाचार र अनियमितता मौलाउँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै शीर्ष दलहरूले भ्रष्टाचारलाई संस्थागत गर्दै लगेको समेत आरोप लगाए ।

६. नेपालले पाकिस्तानलाई पठायो २२ टनभन्दा बढी मानवीय सहायता सामग्री 

नेपाल सरकारले विपद्मा परेको पाकिस्तानलाई राहतस्वरूप २२ टनभन्दा बढी अत्यावश्यक मानवीय सहायता सामग्री पठाएको छ ।

पाकिस्तानमा हालैको बाढीपहिरोजन्य घटनाका पीडितलाई राहतस्वरूप सहायता सामग्री उपलब्ध गराइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सहायता सामग्री नेपाल एयरलाइन्सको वाइडबडीए जहाजमार्फत पाकिस्तानको कराँची सहर पठाइएको हो ।

विपत्तिमा परेको पाकिस्तान सरकार र जनताको सहयोगस्वरूप २२ टनभन्दा बढी राहत सामग्री पठाइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।

७. तामाङ र नेवारी भाषालाई कामकाजको भाषा बनाउन प्रक्रिया सुरु 

वाग्मती प्रदेश सरकारले प्रदेशभित्र बोलिने तामाङ र नेवारी भाषालाई प्रदेशको कामकाजको भाषा बनाउन प्रक्रिया  सुरु गरेको छ ।

यसका लागि सरकारले प्रदेशका प्रमुख सचिवको नेतृत्वमा एक समिति गठन गरेको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए ।

समितिका सदस्यहरूमा सामाजिक विकास मन्त्रालयका सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव एवं आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रहेको उनले बताए ।

८. महावीर पुन, आविष्कार केन्द्रलाई ‘भवन कीर्ति रत्न’ पुरस्कार 

गैरआवासीय नेपाली संघ र बिबी फाउण्डेशनको संयुक्त पहलमा नेपालकै ठूलो धनराशिको पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको छ ।

नेपालको विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुर्‍याएको योगदानको कदरस्वरूप संघ तथा बीबी फाउन्डेसनद्वारा संयुक्तरूपमा रू एक करोडको ‘भवन कीर्ति रत्न’ पुरस्कार प्रदान गरिएको हो।

९. फेल भएका ६२ जनालाई पास देखाएर लाइसेन्स बाँडिएको खुलासा

हेभी सवारीसाधन चालकको परीक्षामा यातायात व्यवस्था कार्यालय वीरगञ्जमा फेल भएका ६२ जनालाई यातायात व्यवस्था कार्यालय जनकपुरले मध्यरातमा पास देखाएर लाइसेन्स बाँडिएको खुलासा भएको छ ।

यातायात व्यवस्था कार्यालय वीरगञ्जमा ‘जी’ समूह अर्थात हेभी सवारीको चालक अनुमतिपत्रका लागि फारम भरेर प्रयोगात्मक (ट्रायल) परीक्षामा फेल भएका ६२ जनालाई जनकपुरबाट मध्यराति पास देखाइएको पाइएको हो । 

यातायात व्यवस्था कार्यालय जनकपुरबाट ३ वर्षअघि निलम्बन भएका कर्मचारीको यूजर (खाता) प्रयोग गरेर अवैध तरिकाले लाइसेन्सका लागि पास देखाइएको जनाइएको छ ।

१०. औद्योगिक स्तरमा भएको उत्खननले उष्ण प्रदेशीय जंगल फडानीलाई बढावा

कोइला, सुन तथा कच्चा फलामसहितका सामग्रीका लागि औद्योगिक स्तरमा भएको उत्खननले उष्ण प्रदेशीय जंगल फडानीलाई बढावा दिएको एक नयाँ अध्ययनले देखाएको छ ।

कुनै समय छिचोल्न मुस्किल पर्ने जंगल अहिले उत्खनन र त्यसका लागि चाहिने बाटोका लागि फडानी भएको अध्ययनमा उल्लेख छ । औद्योगिकस्तरको खानी उत्खननले उष्णप्रदेशीय जंगल फडानीमा परेको प्रभावबारे भएको पहिलो अध्ययनले ब्राजिल, इन्डोनेसिया, घाना र सुरिनाममा समस्या गम्भीर बनेको जनाएको छ ।

 

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ४ : ३० बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम